“अनाधिकृत ब्यक्तिहरुको नागरिकताको प्रयोग गरी ठगी गर्ने पक्राउ”
२०८०-११-२९
- A
- A-
- A+
जिल्ला रौतहट राजदेबि न.पा. वडा न ९ घर भई का.जि. चन्द्रागिरी न.पा. वडा न १४ तिनथाना बस्ने आशिक कुमार सिंह समेतको नागरिता प्रयोग गरी सामाजिक सन्जाल Facebook, Whats App लगायतमा क्यानाडा पठाउने भनि बिज्ञापन पोष्ट गरी Online Mobile Banking मार्फत विभिन्न व्यक्तिहरुको नाममा रहेको विभिन्न बैंक खाता तथा Wallet खोल्न लगाई रकम पठाउन लगाई ठगी गरेको भनि यस कार्यालयमा निवेदन लेखी पेश गरेको साथै अन्य बिभिन्न मानिसहरुको नाममा SIM कार्डहरुको प्रयोग गरि ठगी गरेको घटनामा अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न मानिसहरुको खोजी गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालीका वडा नं. १७ घर भई जिल्ला पर्सा विरगंज महानगरपालीका वडा नं. १६ नगुवा स्थि डेरा गरी बस्ने वर्ष २३ को सिद्धार्थ चौधरी र जिल्ला जिल्ला बारा महागढिमाई न.पा.वडा नं.५ घर भई जिल्ला रौतहट गजुरा न.पा.वडा नं.१ बस्ने सोनम कुमारी चौधरी र जिल्ला पर्सा विरगञ्ज म.न.पा.वडा नं.१५ बस्ने बर्ष २६ को राहुल रैदासलाई जिल्ला प्रहरी कार्यालय पर्सा र रौतहटको समन्वयमा मिति २०८०/११/२७ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको ।
पक्राउ प्रतिवादीहरु:-
|
१. नाम :- सिद्धार्थ
चौधरी उमेर :- २३ वर्ष ठेगाना
:- जिल्ला बारा जितपुर सिमरा उ.प.म.न.पा.वडा
नं.१४ हाल :- जि.पर्सा विरगञ्ज म.न.पा.वडा नं.१६
नगुवा
२. नाम :- सोनम कुमारी चौधरी उमेर :- २५ वर्ष ठेगाना :- जिल्ला बारा महागढिमाई
न.पा.वडा नं.५ हाल :- जिल्ला रौतहट गजुरा न.पा.वडा
नं.१
३. नाम :- राहुल रै दास उमेर :- २६ वर्ष ठेगाना :- जिल्ला पर्सा विरगञ्ज
म.न.पा.वडा नं.१५
अनुसन्धानको
क्रमममा खुल्न आएका कुराहरु :- · Online मार्फत वैदेशिक रोजगारका लागी विभिन्न देशमा पठाईदिने भनी रकम तथा
नेपाली नागरिकताको प्रमाण पठाउन लगाउने गरेको ।
प्राप्त भएका कागजपत्रहरुको प्रयोग गरी बैंक तथा Wallet हरु सञ्चालन गर्ने गरेको । · अनाधिकृत
मानिसको खाता खोल्नको लागी सिद्धार्थ चौधरीले सोनम कुमारी चौधरीको प्रयोग गरेको
। · हाल सम्म
अनाधकृत रुपमा बैंक खाता तथा Wallet सञ्चानल गरी ८२ लाख भन्दा बढीको कारोबार गरेको देखिन आएको
छ ।
|
|
|