“ रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-११-३०
- A
- A-
- A+
जिल्ला
सुर्खेत चिङगार्ड गा.पा. वडा नं. ०६ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं. ३१ नयाँबानेश्वर बस्ने लोक बहादुर राना क्षेत्रीको छोरा बर्ष २८ को सुरेश रानाले
नवराज मल्ललाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु, त्यसको लागि रु. ७,००,०००/-(
अक्षेरुपी सात लाख रुपैयाँ ) लाग्छ, रोमानिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु,
मासिक रु. ८०,०००/- ( अक्षेरुपी असी हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई
प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. २,६०,०००/- ( अक्षेरुपी दुई लाख
साठी हजार रुपैयाँ ) रकम लिई सम्पर्क
विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज सुरेश रानाको खोजतलास
गर्ने क्रममा मिति २०८०।११।२९ गते अं. १४:३० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं. ०९ सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
ब्यक्ति:-
नाम थर : सुरेश राना
उमेर : २८ वर्ष
वतन : जिल्ला सुर्खेत चिङगार्ड गा.पा. वडा नं. ०६ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर ।