“बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ "
२०८०-१२-०१
- A
- A-
- A+
उपरोक्त
सम्बन्धमा शुभ लक्ष्मी श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला काभ्रेपलान्चोक चौरीदेउराली गा.पा. वडा नं. ४
घर भई हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं. २ बस्ने लोक बहादुर गौतमको
छोरा बर्ष ३९ को अरुण कुमार गौतम भएको बैंकिङ कसुर(मु.द.नं. ०७६-FJ-००२७) मुद्दामा बिगो
रु.१४,००,०००/-(चौध लाख) भराई बिगो बमोजिम रु.१४,००,०००/-(चौध लाख) जरिवाना हुने
ठहर भई सम्मानित उच्च अदालत पाटन हेटौडा ईजलासबाट फैसला भएको तथा
सुमन गुरुङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निज अरुण कुमार गौतम
भएको बैंकिङ कसुर( मु.द.नं. ०७६-FJ-००२८) मुद्दामा बिगो रु. १,२०,०००/- (एक लाख बिस हजार)भराई
बिगो बमोजिम रु. १,२०,०००/- (एक लाख बिस हजार) जरिवाना हुने ठहर भई सम्मानित उच्च अदालत,पाटन हेटौडा ईजलासबाट फैसला भई फरार रहेका प्रतिवादी अरुण कुमार गौतमलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास
गर्दै जाँदा मिति २०८०।१२।०१ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३२ तिनकुने
स्थितबाट पक्राउ गरी फैसला कार्यान्वयनको
लागि ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः अरुण कुमार गौतम ।
उमेर : ३९ वर्ष
ठेगानाः जिल्ला काभ्रेपलान्चोक चौरी देउराली न.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. २ बस्ने ।