“न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ”
२०८०-१२-०४
- A
- A-
- A+
जिल्ला
झापा मेचिनगर न.पा वडा नं. १० घर भई हाल काठमाण्डौ मैतिदेवी बस्ने हरि कुमार
भट्टराईको छोरा वर्ष २७ को समित भट्टराईले पदम बहादुर बुढालाई वैदेशिक रोजगारीको
लागि न्युजिल्याण्ड पठाईदिन्छु, त्यसको लागि रु. १४,००,०००/-( अक्षेरुपी चौध लाख रुपैयाँ
) लाग्छ, न्युजिल्याण्ड पुगेपछि प्रतिष्ठित
कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. २,५०,०००/- ( अक्षेरुपी दुई लाख पचास हजार रुपैयाँ
) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु.
४,००,०००/- ( अक्षेरुपी चार लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको
प्रहरी टोलीले निज समित भट्टराईको खोजतलास गर्ने क्रममा मिति २०८०।१२।०२ गते अं. १०:००
बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ मिनभवनबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
ब्यक्ति:-
नाम थर : समित भट्टराई
उमेर : २७ वर्ष
वतन : जिल्ला
झापा मेचिनगर न.पा वडा नं. १० घर भई हाल काठमाण्डौ मैतिदेवी