“ Cash App Application मार्फत Online Casino Game खेलाउने व्यक्तिहरु पक्राउ ”
२०८०-१२-०५
- A
- A-
- A+
Cash
App, Firekirin, लगायतका Application मार्फत्
विभिन्न खेलहरुमा अनलाईन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने
बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य
राखी रकमको वाजी राख्न लगाई
सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने
गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएका प्रहरी टोलीले मिति
२०८०।१२।०४ गते पुर्णीमा राई लगायतका ब्यक्तिहरुलाई Online Game खेलाउन प्रयोग भएका Laptop
तथा मोबाईल सहित उपत्यकाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक
कार्वाहीको लागि मिति २०८०।१२।०५ गते जिल्ला प्रहरी परिसर टेकु
काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिहरू :-
१.
जिल्ला काभ्रेपलान्चोक मण्डनदेउपुर न.पा. १० घर
भई हाल का.जि.का.म.न.पा.७ चावहिल मनमैजु बस्ने बर्ष २६ की सरिता लामा ।
२.
जिल्ला सिन्धुपाल्चोक थाङपाल गा.पा.वडा नं. ८
घर भई हाल का.जि.का.म.न.पा.७ चावहिल मनमैजु बस्ने बर्ष २५ की सारङ्गा गुरुङ ।
३.
जिल्ला खोटाङ बाहुनीडाँडा गा.पा. वडा नं.६ घर
भई का.जि.गोकर्णेश्वर न.पा.वडा नं. ८ वेशीगाँउ बस्ने बर्ष २३ की पुर्णीमा राई ।
४.
जिल्ला नुवाकोट शिवपुर गा.पा.वडा नं. १ घर भई
हाल का.जि.गोकर्णेश्वर न.पा.वडा नं. ४ नामगेल बस्ने बर्ष २८ को तेम्बा लामा ।
बरामद
समाग्री:-
१. ल्यापटप थान- ५
२. मोबाईल थान-११