“ लागु औषध कारोबारमा संलग्न व्यक्ति पक्राउ "
२०८०-१२-०६
- A
- A-
- A+
प्रकाश ठकुरी भन्ने थिरेन्द्र शाही समेतका व्यक्तिहरुले काठमाण्डौ कलंकी
एरियामा लागु औषधको ओसारपसार तथा विक्रि वितरण गर्ने गरेको प्राप्त सुचनाको आधारमा
उक्त लागु औषध कारोबारमा संलग्न रहेका प्रकाश ठकुरी
भन्ने थिरेन्द्र शाहीलाई यस कार्यालयमा कार्यरत प्र.ना.उ चक्र बहादुर मल्ल समेतको
टोलीले जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कंलकी मकालु पम्प नजिक बाट ४.१०
ग्राम हेर्दा लागु औषध खैरो हिरोईन सहित पक्राउ
गरी थप अनुसन्धान एंव कारवाहीको लागि मिति २०८०।१२।०४ गते जिल्ला प्रहरी परिसर
काठमाण्डौ पठाइएको ।
पक्राउ व्यक्तिः-
नामः प्रकाश ठकुरी भन्ने थिरेन्द्र शाही ।
ठेगानाः सुर्खेत
जिल्ला पञ्चपुरी नगरपालिका वडा नं. ८ हाल काठमाण्डौ
जिल्ला टोखा नगरपालिका वडा नं. १० बानियाटार भण्डारी टोल ।