" हत्याका योजनाकार १६ बर्ष पछी पक्राउ"
२०८०-१२-०६
- A
- A-
- A+
मिति २०६४/०३/२६ गते जिल्ला ललितपुर ललितपुर
महानगरपालिका वडा नं.-२२ शंखमुल स्थित जिल्ला ललितपुर ईमाडोल गा.बि.स. वडा नं.-०२
घर भएको वर्ष ३३ को धर्मराज विष्टलाई जिल्ला धादिङ साविक बुढाथुम
गा.बि.स.-३ हाल गंगा जमुना गा.पा.-७ घर भई हाल जिल्ला ललितपुर ललितपुर
महानगरपालिका वडा नं.- २६ ढोलाहिटी बस्ने वर्ष ४१ की सबिता थापा (अधिकारी)
भन्ने सोभिता थापाको योजनामा निजको सहोदर भाई विनोद थापा सहित तिन जनाको
समुहले कुटपिट गरी सख्त घाईते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको, उक्त घटनामा
फरार रहेकोमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिति
२०८०/१२/०५ गते जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.-२६ ढोलाहिटीबाट पक्राउ
गरि मिति २०८०/१२/०६ गते आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत ललितपुर
बुझाईएको ।
पक्राउ ब्यक्ति
नाम :-
सबिता थापा (अधिकारी) भन्ने सोभिता थापा
उमेर :- ४१ वर्ष
वतन :- जिल्ला धादिङ साविक बुढाथुम गा.बि.स.-३ हाल गंगा जमुना न.पा.-७ घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.- २६ ढोलाहिटी