“लुटपाट गर्ने कार्यमा संलग्न व्यक्तिहरु पक्राउ”
२०८०-१२-०७
- A
- A-
- A+
मिति २०८०/१२/०५ गते दिउँसोको
समयमा का.जि.का.म.न.पा.वडा नं. ९ रातोपुल स्थित प्रमोद श्रेष्ठले आफूलाई बिदेशबाट
नेपाल आउदा ल्यापटप आवश्यक परेको भनि खरिद गर्नको लागी भनि डलर पठाउन भनि Facebook ID मार्फत
WhatsApp नम्बरबाट
सम्पर्क गरी भेट्न बोलाई साथमा भएको नगद
रु ७,१५,०००/- ( सात लाख पन्ध्र हजार ) लुटपाट गर्ने कार्यमा सम्लग्न
मानिसहरुको खोजी गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त लुटपाट
कार्यमा सम्लग्न रहेका निम्न मानिसहरुलाई मिति २०८०/१२/०६ गते काठमाण्डौ रातोपुल
तथा बानेश्वरबाट लुटपाट गरि लगेको नगद रु ५,८२,०००/- सहित पक्राउ गरी आवश्यक
कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादी :-
१.
नाम :- बिकाश लुईटेल
उमेर :- ३१ बर्ष
ठेगाना:- जिल्ला झापा दपक न.पा.
वडा न ५
हालको ठेगाना:- का.जि.च.न.पा. वडा नं.९ रातोपुल
१.
नाम :- चक्र शाही
उमेर :- ३८ बर्ष
ठेगाना:- जिल्ला डडेलधुरा
गन्जामधुरा गा.पा. वडा न ३
हालको ठेगाना:- का.जि बानेश्वर
बरामद सामानको बिबरण:-
१.
नेपाली नगद रु ५,८२,०००/- ( पाँच लाख बयासी हजार )
२.
मोवाईल थान २