“ पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ती पक्राउ ”
२०८०-१२-०७
- A
- A-
- A+
जिल्ला
पर्वत फलेवास न.पा वडा नं. २ घर भई हाल का.जि. गोकर्णेश्वर न.पा वडा नं. ९ बस्ने
श्रीकृष्ण पाध्याको छोरा बर्ष ३७ को तिलक बहादुर सापकोटाले भवानी रानामगरलाई वैदेशिक
रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु,
त्यसको लागि रु. १३,००,०००/-( अक्षेरुपी तेह्र लाख रुपैयाँ ) लाग्छ, पोल्याण्ड पुगेपछि
प्रतिष्ठित प्याकिङ कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/- ( अक्षेरुपी एक
लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक
गरी जम्मा रु. ५,००,०००/- ( अक्षेरुपी पाच लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई
ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज तिलक बहादुर सापकोटाको
खोजतलास गर्ने क्रममा मिति २०८०।१२।०६ गते अं. १५:०० बजेको समयमा जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं.३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्ति:-
नाम थर : तिलक बहादुर सापकोटा
उमेर : ३७ वर्ष
वतन : जिल्ला पर्वत फलेवास न.पा वडा नं. २ घर भई हाल का.जि. गिकर्णेश्वर न.पा वडा नं. ९ ।