“ ग्रीस पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तीहरु पक्राउ ”
२०८०-१२-०७
- A
- A-
- A+
जिल्ला
महोत्तरी गौशाला न.पा वडा नं. १२ घर भई हाल का.जि.का.म.न.पा वडा नं. ०६ बौद्द
बस्ने राज कुमार मुक्तानको छोरा बर्ष २३ को निशेष कुमार मुक्तान र जिल्ला गोरखा धार्चे
गा.पा वडा नं. ०५ घर भई हाल का.जि.का.म.न.पा वडा नं. ०३ बसुन्धारा बस्ने भिनराज
गुरुङको छोरी बर्ष २० की बिनिता गुरुङले दिपक सापकोटा समेत १२ जनालाई वैदेशिक
रोजगारीको लागि ग्रिस पठाईदिन्छु, त्यसको लागि रु. १२,५०,०००/-( अक्षेरुपी ब्राह लाख
पचास हजार रुपैयाँ ) लाग्छ, ग्रीस पुगेपछि प्रतिष्ठित कृषी कम्पनीमा काम लगाइदिन्छु,
मासिक रु. १,००,०००/- ( अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई
प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. ६९,३०,०००/- ( अक्षेरुपी उन्नसत्तरी
लाख तीस हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले कार्बाही गरीपाऊ भनी
जाहेरी दिएकोमा निजहरुलाई पक्राउ गर्न यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज निशेष
कुमार मुक्तानलाई अं. १९:०० बजेको समयमा का.जि.का.म.न.पा वडा नं. ६ बौद्द बाट र
बिनिता गुरुङलाई का.जि.का.म.न.पा वडा नं.३ बसुन्धारा बाट मिति २०८०।१२।०६ गते दुबै
जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्ति:-
१.
नाम
थर : निशेष कुमार मुक्तान
उमेर : २३ वर्ष
वतन : जिल्ला
महोत्तरी गौशाला न.पा वडा नं. १२ घर भई हाल का.जि.का.म.न.पा वडा नं. ०६ बौद्द ।
२.
नाम
थर : बिनिता गुरुङ
उमेर : २० वर्ष
वतन : जिल्ला गोरखा धार्चे गा.पा वडा नं. ०५ घर भई हाल
का.जि.का.म.न.पा वडा नं. ०३ बसुन्धारा ।