“ कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ती पक्राउ ”
२०८०-१२-०७
- A
- A-
- A+
जिल्ला
बर्दिया बडैयाताल गा.पा वडा नं. ०२ घर भई हाल जिल्ला ललितपुर ईमाडोल बस्ने प्रेम
बहादुर खड्काको छोरा बर्ष ४६ को यम बहादुर खड्काले बिभिन्न व्यक्तिहरुलाई वैदेशिक
रोजगारीको लागि कतार पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा
पारी निज पिडितहरुबाट रकम लिई सम्पर्क बिहिन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले
निज यम बहादुर खड्काको खोजतलास गर्ने क्रममा मिति २०८०।१२।०५ गते जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. २६ नयाँबसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्ति:-
नाम थर : यम बहादुर खड्का
उमेर : ४६ वर्ष
वतन : जिल्ला बर्दिया बडैयाताल गा.पा. वडा नं. २ घर भई हाल जिल्ला ललितपुर ईमाडोल ।