“ बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८०-१२-१२
- A
- A-
- A+
बेरोजगार युवायुवतिलाई बैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई आफुहरु सम्पर्क विहीन भएकोमा पिडीतले जाहेरी दिई अनुसन्धान हुदा बिदेश पठाउने भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई काठमाण्डौको बिभिन्न स्थानहरुबाट मिति २०८०।१२।०९ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
१.
नाम
थर :
समिर राज वाग्ले
उमेर : २८ वर्ष
वतन
: जिल्ला गोरखा सहिद लखन गा.पा वडा नं. ८ घर भई
हाल का.जि. टोखा न.पा.वडा नं. ९
।
देश :-
न्युजिल्याण्ड
बिगो रकम :- रु १,५०,०००।– (
अक्षेरुपी एक लाख पचास हजार रुपैयाँ मात्र)
पक्राउ स्थान :- का.जि.टोखा न.पा. वडा
नं.०९ मनमैजु ।
जाहेरवाला :-जेविशा थापा
२.
नाम
थर :
खड्क बहादुर भण्डारी
उमेर
: २६ वर्ष
वतन : जिल्ला रुकुम चौरजहारी न.पा वडा नं. ४ घर भई
हाल का.जि.का.म.न.पा.वडा नं. २६ नयाँबसपार्क ।
देश :-
रोमानिया
बिगो
रकम :- रु ३,५०,०००।–( अक्षेरुपी तीन लाख पचास हजार रुपैयाँ मात्र)
पक्राउ
स्थान :- का.जि.का.म.न.पा.वडा नं. २६ नयाँबसपार्क ।
जाहेरवाला
:- तिलक नेपाली