“ बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८०-१२-१३
- A
- A-
- A+
बेरोजगार
युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी
पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई आफुहरु सम्पर्क विहीन भएकोमा पिडीतहरुले
जाहेरी दिई अनुसन्धान हुदा बिदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौको बिभिन्न स्थानहरुबाट मिति
२०८०।१२।१३ गते पक्राउ गरी थप अनुसन्धान
तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:-
१. नाम थर :- सुवास
आचार्य
उमेर :- ३८ वर्ष
वतन :- जिल्ला काठमाण्डौं शंखरापुर न.पा वडा नं. ०५
पालबारी ।
देश :- यु.के.
बिगो रकम :- रु. १६,८०,०००।–
(अक्षेरुपी सोह्र लाख असी हजार रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं शंखरापुर न.पा वडा नं. ०५ पालबारी
।
जाहेरवाला :- राम प्रसाद सिलवाल
घटनाको छोटकरी विवरण :- Uk देशमा Working भिषामा पठाउने भनी नक्कली Offer letter देखाई प्रलोभनमा पारी ठगी
गरेको ।
२. नाम थर :- महेन्द्र
अधिकारी
उमेर :- २७ वर्ष
वतन :- जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गा.पा वडा नं.
०४ घर भई हाल का.जि.बुढनिलकण्ठ न.पा. वडा नं. ७ हात्तीगौडा ।
देश :- अष्ट्रेलिया
बिगो रकम :- रु. १२,००,०००।–(अक्षेरुपी बाह्र लाख रुपैयाँ)
पक्राउ स्थान :- का.जि.गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।
जाहेरवाला :- ओम माया तामाङ
घटनाको छोटकरी विवरण :-ओममाया तामाङको छोरा अर्जुन तामाङलाई
अष्ट्रेलिया पठाउने भनी ठगी गरेको र प्रलोभनमा पार्ने आफ्नो
जिवनशैली रवाफपुर्ण देखाउने र महंगा गाडी चडेर आउने गरेको ।
३.
नाम
थर :- राममाया गुरुङ
उमेर
:- ३९ बर्ष
वतन
:- जिल्ला म्याग्दी बेनी न.पा. वडा नं०४ घर भई हाल का.जि. टोखा न.पा. वडा नं. ११
जाल्पाचोक ।
देश :- माल्दिभ्स
बिगो रकम :- रु. ३,००,०००।– (अक्षेरुपी तीन लाख रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १३
कालिमाटी ।
जाहेरवाला :- राम प्रसाद सिलवाल
घटनाको छोटकरी विवरण :- मालदिभ्स पठाउने आक्रर्षक तलव हुन्छ भनी नक्कली भिषा देखाई रकम लिई ठगी गरेको ।