“बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ "
२०८०-१२-१३
- A
- A-
- A+
उपरोक्त सम्बन्धमा अफताव खानको जाहेरीले
वादी नेपाल सरकार प्रतिवादी जिल्ला सुनसरी इटहरी
न.पा.-५ घर भई ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १५ सातदोबाटो बस्ने
बुट्टी चौधरीको छोरी, राज कुमार लिम्बुकी श्रीमती बर्ष ३६ की आशा चौधरी लिम्बु
भएको बैंकिङ कसुर(मु.द.नं. ०७६-CB-१३८२) मुद्दामा प्रतिवादी आशा चौधरी लिम्बुलाई २ दिन कैद, जाहेरवालालाई
बिगो रु.३,००,०००/- (तीन लाख) भराई बिगो बमोजिम रु.३,००,०००/-(तीन लाख) जरीवाना र
क्षतिपुर्ती बापत पिडीत राहत कोषमा रु.१२,०००/- (बाह्र हजार) जम्मा गराउने मिति
२०७६।१०।०७ गते सम्मानित उच्च अदालत पाटन ललितपुरबाट फैसला भई फरार रहेका प्रतिवादी आशा चौधरी लिम्बुलाई यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८०।१२।१२ गते ललितपुर
जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १५ सातदोबाटोबाट पक्राउ गरी मिति
२०८०।१२।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल
ललितपुर पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः आशा चौधरी लिम्बु ।
उमेर : ३६ वर्ष
ठेगानाः जिल्ला सुनसरी इटहरी न.पा.-५ घर भई ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १५ सातदोबाटो बस्ने ।