“भन्सार छलि ल्याईएको सुन सहित मानिस पक्राउ ”
२०८०-१२-१४
- A
- A-
- A+
जिल्ला रसुवाको केरुङ नाका हुदै भन्सार छली सुनको तस्करी गरी काठमाडौं प्रवेशको गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटीएको विशेष अनुसन्धान टोलीले मिति २०८०/१२/१२ गते साँझको बजेको समयमा का.जि. का.म.न.पा. वडा न १८ नरदेवीबाट भन्सार छलि चोरी पौठारी गरी ल्याईएको पहेलो रंगको धातुको टुक्रा १ थान (अन्दाजी १२८.७ ग्राम) बजार भाउ अनुसार प्रति १० ग्राम को मुल्य रु १,०८,६२५/- अनुसार जम्मा १३,९१,१६०/- पर्ने बरामद गरी निम्न मानिसहरु लाई पक्राउ गरी मिति २०८०/१२/१३ गते आवश्यक अनुसन्धान तथा कारबाहीको लागी त्रिभुवन अन्तराट्रिय बिमानस्थल भन्सार कार्यालय गौचर ,काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्ति :
(१)
नाम : सुदिप
बि.क.
उमेर : २६ बर्ष
ठेगाना : जिल्ला सुनसरी ईटहरी
उ.मा.न.पा.वडा न ११
(२)
नाम : सोनाम
दोर्जे लामा
उमेर : ३९ बर्ष
ठेगाना : जिल्ला गोरखा चुमनुब्री
गा.पा. वडा न ६