“ बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८०-१२-१४
- A
- A-
- A+
बेरोजगार
युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी
पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई आफुहरु सम्पर्क विहीन भएकोमा पिडीतहरुले
जाहेरी दिई अनुसन्धान हुदा बिदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौको बिभिन्न स्थानहरुबाट मिति
२०८०।१२।१३ गते पक्राउ गरी थप अनुसन्धान
तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:-
१. नाम थर :- मिङमार लामा
उमेर :- ३६
वर्ष
वतन :-
जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी गा.पा. वडा नं. ०२ घर भई हाल जिल्ला काठमाण्डौं
कागेश्वरी मनोहरा न.पा वडा नं. १० ।
देश :- क्रोएसिया
बिगो रकम :- रु. ३,००,०००।– (अक्षेरुपी तीन लाख रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ०६ वौद्ध ।
जाहेरवाला :- आमान बोम्जन
घटनाको छोटकरी विवरण
:- क्रोएसिया पठाईदिन्छु भनि ठगी गरेको ।
२.
नाम
थर :-
प्रकाश वंशी ठकुरी
उमेर :- ३६ वर्ष
वतन :-
जिल्ला लम्जुङ मध्य नेपाल न.पा वडा नं. ०५ घर भई हाल जिल्ला ललितपुर लपु.म.न.पा.
वडा नं. २५ मगरगाँउ ।
देश :-
पोर्चुगल
बिगो रकम :- रु. ११,२७,०००।–(अक्षेरुपी एघार
लाख सत्ताइस हजार रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं. ०४ बालुवाटार ।
जाहेरवाला :- बिशाल चौहान समेत ३ जना
घटनाको छोटकरी विवरण :- पोर्चुगल पठाईदिन्छु भनि ठगी गरेको ।