“बंगलादेशी नागरिकहरूलाई युरोपियन मुलुक पठाउने भनि नेपाल ल्याई बन्धक बनाई राख्ने कार्यमा संलग्न थप एक जना बंगलादेशी नागरिक पक्राउ”
२०८०-१२-१६
- A
- A-
- A+
बंगलादेशी नागरीकहरूलाई वैदेशिक रोजगारको लागि क्यानडा, ईटाली
लगायतका देशहरूमा पठाई दिने विश्वास दिलाई बंगलादेशबाट नेपाल ल्याई जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं. १६ पकनाजोल स्थित निभाना ग्रिन पिस होम नामक होटलको कोठामा
राखी पिडितहरूको पासपोर्ट नियन्त्रणमा लिई बिभिन्न किसिमका धाकधम्की, कुटपिट
गर्नुका साथै आफन्तसंग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबर्जस्ती
बन्धक बनाई राखेको अवस्थामा यस कार्यालयबाट खटिएको
विशेष अनुसन्धान टोलिले मिति २०८०/१२/०८ गते पीडितहरूलाई सकुशल उद्वार गर्नुका
साथै उक्त कार्यमा संलग्न रही फरार रहेका बंगलादेशी नागरिक Yasir Ahamad भन्ने MD
yasir Bangla
लाई मिति
२०८०/१२/१५ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.९ सिनामंगलबाट पक्राउ गरी अपहरण तथा शरीर
बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला
प्रहरी परिसर, टेकु, काठमाण्डौमा
पठाईएको ।
पक्राउ व्यक्ति :
नामः
Yasir Ahamad भन्ने MD yasir Bangla
उमेरः २७ वर्ष
ठेगानाः बंगलादेश, ढाका
हालः का.जि.सोह्रखुट्टे