“बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८०-१२-२०
- A
- A-
- A+
बेरोजगार
युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी
पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई आफुहरु सम्पर्क विहीन भएकोमा पिडीतले
जाहेरी दिई अनुसन्धान हुदा बिदेश पठाउने
भनी ठगी गरेको निम्न व्यक्तिहरुलाई काठमाण्डौको बिभिन्न स्थानहरुबाट मिति
२०८०।१२।१९ गते पक्राउ गरी थप अनुसन्धान
तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
१. नाम थर :- केदार चौधरी
उमेर :- ३७ वर्ष
वतन :- जिल्ला झापा कमल गा.पा. वडा ०७ घर भई हाल जिल्ला
काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं. ०७ ।
देश :-
यु.के.
बिगो रकम :- रु ६,००,००,०००।–(अक्षेरुपी
छ करोड रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं. ०७ ।
जाहेरवाला :- सुमन राई समेत ३५ जना
छोटकरी विवरण :- यु.के.
पठाई दिन्छु भनी ३० ३५ जना ब्यक्तिहबाट ९ लाख देखि २० लाख सम्म उठाई भारतका
विभिन्न स्थानमा IRIS
EXPERT Consultancy मार्फत काम गर्ने भनी
कतिपयलाई अजरबैजान सम्म पुर्याई पिडितबाट करिव ६ करोड लिई
फरार
भएको ।
२. नाम थर :- जिवराज के.सी.
उमेर :- ३२ वर्ष
वतन :- जिल्ला बाँके कोहलपुर न.पा. वडा नं. १० काठमाण्डौ
टोखा ।
देश :-
फ्रान्स
बिगो रकम :- रु ११,६५,०००।–(अक्षेरुपी
एघार लाख पैसठ्ठी हजार रुपैयाँ)
पक्राउ स्थान :-
का.जि.का.म.न.पा.वडा नं.२६ नयाँ बसपार्क ।
जाहेरवाला :- सुमन
कुमार वस्नेत
छोटकरी विवरण :-
फ्रान्स पठाईदिन्छु भनि ठगी गरेको ।
३.
नाम
थर :-
नन्द देवी पुन
उमेर :-
३८ वर्ष
वतन :-
जिल्ला म्याग्दी गा.पा. वडा नं. ०१ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.
वडा नं. ०६ लेकसाईड ।
देश :-
यु.के.
बिगो रकम :- रु
७,६७,०००।–(अक्षेरुपी सात लाख सरसठ्ठी हजार रुपैयाँ)
पक्राउ स्थान :-
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ०६ लेकसाफड ।
जाहेरवाला :- रोशनी
चौधरी
छोटकरी विवरण :-
यु.के. पठाईदिन्छु भनि ठगी गरेको ।