“ बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८०-१२-२१
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई बैदेशिक
रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात
बिदेश नपठाई निज सम्पर्क विहीन भएकोमा पिडीतहरुले जाहेरी दिई अनुसन्धान हुदा बिदेश
पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई
काठमाण्डौको बिभिन्न स्थानहरुबाट मिति २०८०।१२।२० गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्तिहरु :-
१. नाम थर :- मोतिबाबु अन्सारी
उमेर :- २३
वर्ष
वतन :- जिल्ला महोत्तरी मनहरा विसवाकटैया गा.पा. वडा नं. ८ घर भई हाल जिल्ला काठमाण्डौं .का.म.न.पा. वडा नं. ९ गौशाला
देश :- दुबई
बिगो रकम :- रु. २,८०,०००।– (अक्षेरुपी दुई लाख असी हजार रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं .का.म.न.पा.
वडा नं. ९ गौशाला ।
जाहेरवाला :- विजय कुमार शाह
घटनाको छोटकरी विवरण :- दुबई पठाई दिन्छु भनि
ठगी गरेको ।
२. नाम थर :- ज्ञानवती ताजपुरिया
उमेर :- ४४
वर्ष
वतन :- जिल्ला
झापा बाह्रदर्शी गा.पा. वडा नं. ९ घर भई हाल जिल्ला काठमाण्डौं बुढानिलकन्ठ न.पा.
वडा नं. १० कपन ।
देश :- मलेसिया
बिगो रकम :- रु. १,२५,०००।– (अक्षेरुपी एक लाख पच्चीस हजार
रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं बुढानिलकन्ठ न.पा. वडा नं. १० कपन ।
जाहेरवाला :- भगवान महत्तो
घटनाको छोटकरी विवरण :- मलेसिया पठाई दिन्छु भनि ठगी गरेको ।