“ अदालतको आदेशले कारागार चलान भएका थुनुवा छुटाई दिन्छु भनि रकम ठगी गर्ने ब्यक्ति पक्राउ ”
२०८०-१२-२१
- A
- A-
- A+
बैकिङ कसुर, बैदेशिक रोजगार जस्ता बिभिन्न मुद्धामा सम्मानित उच्च अदालतको आदेशले डिल्लीबजार कारागार चलान भई थुनामा रहेका कैदीहरुलाई अदालतको सेटिङ मिलाई कारागारबाट
छुटाई दिन्छु भनि पिडितहरुलाई बिश्वासमा
पारी ९ लाख ८० हजार (रु ९,८०,००० मात्र) रकम ठगी गर्ने तपसिलमा उल्लेखित नाम
ठेगाना भएका ब्यक्तिलाई यस कार्यालयबाट खटिएका प्रहरी टोलीले मिति २०८०।१२।२० गते अ.१४:३० बजेको समयमा जिल्ला काठमाण्डौ
का.म.न.पा.वडा नं. ११ माईतीघर मण्डलाबाट
पक्राउ गरी थप अनुसन्धान एवंम कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ
पठाईएको ।
पक्राउ ब्यक्ति:
१. नाम थर:- शिशिर कुमार भट्ट
स्थायी
वतन:- जिल्ला धादिङ सिध्दलेक गा.पा. वडा नं. ७
हाल:- का.जि.का.म.न.पा. वडा नं. १३ कलंकी
उमेर:- ३७ बर्ष