" Crypto Currency Trade गर्ने ब्यक्ति पक्राउ ”
२०८०-१२-२२
- A
- A-
- A+
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बिपरित Cypto Currency बाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचना यस कार्यालयमा
प्राप्त भई निजको निग्रानी राख्न यस कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले मिति
२०८०।१२।२२ गते बिहान अं.०५:०० बजेको समयमा जिल्ला काठमाण्डौ टोखा नगरपालिका वडा नं.८ सुन्दरबस्तीबाट शनि भण्डारीलाई पक्राउ गर्दा निजको मोबाईलमा ( GMT,USDT,BSW,SOL ,UTC )
लगायतका Cypto
Currency हरुको कारोबार गरेको देखिएकोले निजलाई नेपाल राष्ट्र बैंक ऐन
अन्तरगतको कसुरमा आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ
पठाईएको ।
पक्राउ परेका ब्यक्ति:
नाम थर : शनि भण्डारी
उमेर: ५४ बर्ष
स्थायि वतन: जिल्ला स्याङ्जा चापाकोट न.पा. वडा नं. ८
हाल:- जिल्ला काठमाण्डौ टोखा न.पा. वडा नं. ८ सुन्दरबस्ती