“ बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८०-१२-२२
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई बैदेशिक
रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात
बिदेश नपठाई निज सम्पर्क विहीन भएकोमा पिडीतहरुले जाहेरी दिई अनुसन्धान हुदा बिदेश
पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई
काठमाण्डौको बिभिन्न स्थानहरुबाट मिति २०८०।१२।२१ र २२ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्तिहरु :-
१. नाम थर :- मदन सिंह ठगुन्ना
उमेर :- ३३
वर्ष
वतन :- जिल्ला कन्चनपुर भिमदत्त न.पा. वडा नं. ०३ घर
भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १३ ताहाचल ।
देश :- क्रोएसिया
बिगो रकम :- रु. २,८७,०००।– (अक्षेरुपी दुई लाख सतासी हजार रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं. १३ कुलेश्वर ।
जाहेरवाला :- जानकी थापा
घटनाको छोटकरी विवरण :- क्रोएसिया पठाई दिन्छु भनि ठगी गरेको ।
२. नाम थर :- अजमत राईन
उमेर :- ३७
वर्ष
वतन :- जिल्ला
महोत्तरी बलवा न.पा. वडा नं. ०९ घर भई हाल जिल्ला काठमाण्डौं बुढानिलकन्ठ न.पा.
वडा नं. १० कपन
देश :- मलेसिया
बिगो रकम :- रु. २,००,०००।– (अक्षेरुपी दुई लाख रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं बुढानिलकन्ठ न.पा. वडा नं. १० कपन ।
जाहेरवाला :- मोहिद राईन
घटनाको छोटकरी विवरण :- मलेसिया पठाई दिन्छु भनि ठगी गरेको ।