“बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ "
२०८०-१२-२३
- A
- A-
- A+
घटना विवरण :
सानु
राईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला
सिन्धुपाल्चोक हेलम्बु गा.पा. वडा
नं.६ घर भई हाल जिल्ला काठमाण्डौ
बुढानिलकण्ठ न.पा. वडा नं. १२ बस्ने गोप
बहादुर थापाको छोरा बर्ष ३३ को अमृत थापा
भएको बैंकिङ कसुर(मु.द.नं. ०७९-CB-११०१) मुद्दामा ६ (छ) दिन कैद र जाहेरवालालाई
रु.१६,००,०००/-(सोह्र लाख रुपैया) बिगो भराई, बिगो बमोजिम रु. रु. १४,२१,४००/-(चौध
लाख एक्काईस हजार चार सय) जरिवाना तथा क्षतिपुर्ति बापत पिडित राहत कोषमा रू.६४,०००।–(चौसठ्ठी
हजार रुपैया) जम्मा गराउने ठहर भई सम्मानित उच्च अदालत पाटनबाट मिति २०८०।०२।०५ गते फैसला भई फरार रहेका प्रतिवादी अमृत थापालाई यस कार्यालयबाट खटि गएको
प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८०।१२।२२ गते जिल्ला काठमाण्डौ का.म.पा.
वडा नं.३१ मीनभवन स्थितबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०८०।१२।२३
गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः अमृत थापा ।
उमेर : ३३ वर्ष
ठेगानाः जिल्ला
सिन्धुपाल्चोक हेलम्बु गा.पा. वडा नं.६ घर
भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १२ बस्ने ।