“ बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८०-१२-२३
- A
- A-
- A+
घटना
विवरण :-
बेरोजगार युवायुवतीहरुलाई बैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक
तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई आफुहरु सम्पर्क
विहीन भएकोमा पिडितले जाहेरी दिई अनुसन्धान हुदाँ बिदेश पठाउने भनी ठगी गरेको निम्न व्यक्तिहरुलाई काठमाण्डौंको
बिभिन्न स्थानहरुबाट मिति २०८०।१२।२२ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
१. नाम थर :- हर्क बहादुर
दाहाल
उमेर :- ६४ वर्ष
वतन :- जिल्ला पाँचथर तुम्बेवा गा.पा. वडा नं. १ घर भई हाल जिल्ला ललितपुर
ल.पु.म.न.पा. वडा नं. १३ कुसुन्ती ।
देश :-
माल्टा
बिगो रकम :- रु १३,४४,४००।–(अक्षेरुपी
तेह्र लाख चौवालीस हजार चार सय रुपैँया )
पक्राउ स्थान :- जिल्ला
ललितपुर महालक्ष्मी ।
जाहेरवाला :- अर्जुन प्रसाद ढकाल समेत २ जना
छोटकरी विवरण :- माल्टा
लगायत युरोपका बिभिन्न देशहरुमा आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने गरेको ।
२. नाम थर :- मनिष दाहाल
उमेर :- २० वर्ष
वतन :- जिल्ला सुनसरी बराक्षेत्र न.पा. वडा नं. १० घर भई हाल का.जि.का.म.न.पा.वडा
नं. ३१ नयाँ बानेश्वर ।
देश :-
क्यानाडा
बिगो रकम :- रु ७,००,०००।–(अक्षेरुपी
सात लाख रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म.न.पा.वडा नं. ३१ नयाँ बानेश्वर ।
जाहेरवाला :- दिनेश
लोहार समेत ३ जना
छोटकरी विवरण :- क्यानाडा
पठाईदिन्छु भनी ठगी गरेको ।