“ बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८०-१२-२५
- A
- A-
- A+
घटना
विवरण :-
बेरोजगार युवायुवतीहरुलाई बैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको
प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई निजहरु सम्पर्क विहीन
भएकोमा पिडीतहरुले जाहेरी दिई अनुसन्धान हुदा बिदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौको
बिभिन्न स्थानहरुबाट मिति २०८०।१२।२५ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्तिहरु :-
१. नाम थर :- राज कुमार दाहाल
उमेर :- ४२
वर्ष
वतन :- जिल्ला दोलखा बैतेश्वर गा.पा.वडा नं. ५ घर भई
हाल का.जि.का.म.न.पा.वडा नं.३१ नयाँ बानेश्वर ।
देश :- कम्बोडिया
बिगो रकम :- रु. २,००,०००।– (अक्षेरुपी दुई लाख र रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं.३१ नयाँ बानेश्वर ।
जाहेरवाला :- बिष्णु थापा
घटनाको छोटकरी विवरण :- कम्बोडिया पठाई दिन्छु
भनि ठगी गरेको ।
२. नाम थर :- कृष्ण प्रसाद दाहाल
उमेर :- ३०
वर्ष
वतन :- जिल्ला
दोलखा गा.पा.वडा नं. ३ घर भई हाल का.जि.का.न.पा.वडा नं. ३२ पेप्सीकोला ।
देश :- यु.के.
बिगो रकम :- रु. १०,९५,०००।– (अक्षेरुपी दश लाख पन्चान्रब्बे
हजार रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं बुढानिलकन्ठ न.पा. वडा नं. १० कपन ।
जाहेरवाला :- नन्द
राई
घटनाको छोटकरी
विवरण :- इनाइन्स कन्सलट्रेन्सी संचालन गरी बैदेशिक रोजगारी पठाईदिन्छु भनी ठगी
गरेको ।