“बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८०-१२-२८
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई बैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी
पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई आफुहरु सम्पर्क विहीन भएकोमा पिडितले
जाहेरी दिई अनुसन्धान हुदाँ बिदेश पठाउने
भनी ठगी गरेको निम्न व्यक्तिहरुलाई काठमाण्डौंको बिभिन्न स्थानहरुबाट मिति
२०८०।१२।२८ गते पक्राउ गरी थप अनुसन्धान
तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
१. नाम थर :- कृष्ण
बहादुर चन्द
उमेर :- ३९ वर्ष
वतन :- जिल्ला स्याङजा हरिनास गा.पा.वडा नं. ०७ घर
भई का.जि.का.म.न.पा.वडा नं. २६ गंगबु ।
देश :- पोर्चुगल
बिगो रकम :- रु ११,५०,०००।–(अक्षेरुपी
एघार लाख पचास हजार रुपैँया )
पक्राउ स्थान :- का.जि.का.म.न.पा.वडा
नं.३१ नयाँ बानेश्वर ।
जाहेरवाला :- सुरेश लामिछाने
छोटकरी विवरण :- पोर्चुगल
पठाईदिन्छु भनी ठगी गर्ने गरेको ।
२. नाम थर :- एलिजर तामाङ
उमेर :- ३६ वर्ष
वतन :- जिल्ला धादिङ गंगाजमुना गा.पा.वडा नं. १ घर
भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा नं. १८ सैपु ।
देश :-
पोल्याण्ड
बिगो रकम :- रु १,५०,०००।–(अक्षेरुपी
एक लाख पचास हजार रुपैयाँ)
पक्राउ स्थान :- का.जि.
का.म.न.पा.वडा नं. ११ थापाथली ।
जाहेरवाला :- सुरेश
स्याङतान
छोटकरी विवरण :- पोल्याण्ड
पठाईदिन्छु भनी ठगी गरेको ।