“अरुको नागरिकता दुरुपयोग गरी WhatsApp, Facebook, Instagram आदी सामाजिक संजालहरुको प्रयोग गरि ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०१-०२
- A
- A-
- A+
विभिन्न व्यक्तिहरूलाई Whatsapp, Facebook, Instagram जस्ता सामाजिक सञ्जालहरुबाट सम्पर्क गरी तपाईको नाममा Parcel, Dollar लगायतका बहुमुल्य सामानहरू आएको छ, उक्त सामान प्राप्त गर्नको लागि तपाँईले भन्सार चार्ज तिर्नु पर्नेहुन्छ, उक्त भन्सार चार्ज नेपालका विभिन्न बैंकहरूको खातामा जम्मा गर्नु भनि विभिन्न किसिमका आश्वासन देखाई पटक-पटक रकम जम्मा गर्न लगाई रकम ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई यस कार्यालयबाट खटिएको बिशेष टोलिले काठमाण्डौको पेप्सीकोला तथा जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाबाट मिति २०८०।१२।२८ गते नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहिको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिहरू :
१.
नामः रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेली
उमेरः ३८ वर्ष
ठेगानाः अर्जुनधारा-०९,
झापा
हालः अर्जुनधारा-०९, झापा
२.
नामः निश्चल पोर्तेल
उमेरः ३५ वर्ष
ठेगानाः
बुद्धशान्ति-०२, झापा
हालः का.जि.कागेश्वरी मनोहरा
३.
नामः धन बहादुर वि.क.
उमेरः ३४ वर्ष
ठेगानाः माई-०५, ईलाम
हालः का.जि.कागेश्वरी मनोहरा
v
अनुसन्धानबाट खुल्न आएका कुराहरूः
·
सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकता
फेला पारी उक्त नागरिकतामा आफ्नो फोटो टाँस गरी सोही नागरिकता दुरुपयोग गरी
विभिन्न १६ वटा बैंकमा खाता खोली आफुले कारोवार गर्ने गरेको ।
·
रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेलीले बिभिन्न
नेपाली नम्बरहरूबाट Whatsapp account खोली पिडितहरुसंग सम्पर्क
गर्ने गरेको ।
·
One victim one number खुल्न आएको ।
·
सन्जु पौडेलीले विगत २ वर्ष देखि उक्त ठगी कार्य
गर्ने गरेको बुझिएको ।
·
रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेलीले आफूलाई
अन्तराष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत भनि बताउने गरेको ।
·
सन्जु पौडेलीले रश्मी विश्वकर्माको मात्र नभई
अन्य व्यक्तिहरूको समेत नागरिकता दुरूपयोग गरेको देखिएको ।
·
रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेलीका श्रीमान निश्चल
पोर्तेलले निशांत शर्माको नाममा भारतीय आधार कार्ड समेत लिएको पाईएको ।
· हालसम्म प्राप्त निवेदन अनुसार रू. ६० लाख ५५ हजार रकम ठगी गरेको पाईएको ।
v
बरामद सामानहरूः-
· विभिन्न व्यक्तिहरूको
नागरिकता - ०६ थान
· प्रयोग भएका Ncell को
सिमकार्ड - १४ थान
· प्रयोग नभएका Ncell को
सिमकार्ड – १२ थान
· प्रयोग भएको भारतीय
सिमकार्ड – १ थान
· विभिन्न बैंकको ATM –
०८ थान
· विभिन्न बैंकको चेक
बुक – ११ थान
· विभिन्न बैंक तथा
सहकारीमा Deposit गरेको Slip – १८ थान
· पहेलो धातुले बनेको
विभिन्न गहनाहरू
·
मोवाईल -०६ थान