“बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०१-०२
- A
- A-
- A+
बेरोजगार
युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी
पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई निजहरु सम्पर्क विहीन भएकोमा पिडीतहरुले
जाहेरी दिई अनुसन्धान हुदा बिदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई
काठमाण्डौको बिभिन्न स्थानहरुबाट मिति २०८०।१२।३० गते र २०८१।०१।०२ गते पक्राउ गरी
थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
पठाईएको ।
निम्न:-
१. नाम थर :- पवन के.सी.
उमेर :- २७
वर्ष
वतन :-
जिल्ला भक्तपुर सुर्यविनायक न.पा.वडा नं. ०७ घर भई हाल का.जि.का.म.न.पा.वडा
नं. ०९ सम्भुमार्ग ।
देश :- दुबई
बिगो रकम :- रु. ४,९०,०००।– (अक्षेरुपी चार लाख नब्बे हजार रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ०९ सम्भुमार्ग ।
जाहेरवाला :- आचल तिवारी
घटनाको छोटकरी विवरण
:- दुबई पठाईदिन्छु भनि ठगी गरेको ।
२.
नाम
थर :-
नमराज रावत
उमेर :- २३ वर्ष
वतन :-
जिल्ला मुगु खत्याड गा.पा.वडा नं. ८
घर भई हाल का.जि.का.म.न.पा.वडा नं. ३२ कोटेश्वर ।
देश :-
रसिया
बिगो रकम :- रु. ३,००,०००।–(अक्षेरुपी तीन लाख रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं. ३१ नयाँबानेश्वर ।
जाहेरवाला :- प्रेम बहादुर चौधरी
घटनाको छोटकरी विवरण
:- रसियन सैनिकमा भर्ती गराईदिन्छु भनि ठगी गरेको ।
३.नाम थर :- सङर्घष राई
उमेर :- २६ वर्ष
वतन :- जिल्ला भोजपुर टम्केमैयुङ गा.पा.वडा नं.३ घर भई
हाल जिल्ला ललितपुर ताल्छीखेल ।
देश :- युरोपका देशहरु
बिगो रकम :- रु.
७४,९५,०००।–(अक्षेरुपी चौहत्तर लाख पन्चानब्बे हजार रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं. १६ बालाजु ।
जाहेरवाला :- कमल अभिषेक श्रेष्ठ समेत १३ जना
घटनाको छोटकरी विवरण
:- युरोपका बिभिन्न देशहरुमा पठाईदिन्छु भनि ठगी गरेको ।