“1XBETTING कारोबारमा संलग्न ब्यक्तिहरु पक्राउ”
२०८१-०१-०२
- A
- A-
- A+
बिश्वमा संचालन हुने
बिभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने Betting Application 1XBET मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने, गराउने कार्य गर्ने, Crypto
currency Trade गर्ने
सक्रिय Agent हरु रहेको सूचनाको आधारमा यस कार्यालयबाट
खटिएको अनुसन्धान टोलिले मिति २०८०।१२।२९ गते सर्लाही जिल्लाको बिभिन्न स्थानबाट
तपसिलमा उल्लेखित ब्यक्तिहरुलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा निजहरुले
बिभिन्न मोबाईल नम्बरहरुबाट २१ वटा Connect IPS Account खोली
९८ वटा बैकका खाताहरु Linkup गरी हाल सम्म रु. ५७,४१,५७,१४७।-
(सन्ताउन्न करोड, एकचालिस लाख, सन्ताउन्न हजार, एक सय सतचालिस) बराबरको
कारोबार गरेको खुल्न आएकोले निजहरुलाई नेपालको प्रचलित कानुन बमोजिम मुलुकी
अपराध संहिता, २०७४ को परिच्छेद- ५ (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र
नैतिकता विरुद्धको कसुर) अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने)
कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी
जिल्ला प्रहरी परिसर, काठमाण्डौंमा पठाईएको ।
पक्राउ ब्यक्तिहरुको विवरण:
१. नामथर : संञ्जय कुमार साह
उमेर : ३१ बर्ष
ठेगाना : जिल्ला
सर्लाही मलंगवा नगरपालिका वडा नं. ०९
२. नामथर : रामजी साह
उमेर : १९ बर्ष
ठेगाना :
जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं. ०९
३. नामथर : राकेश चौधरी
उमेर : ३० बर्ष
ठेगाना : जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं. १०
बरामद दशि
सामानहरुः
१.
बिभिन्न कम्पनीका मोबाईल सेट थान- ९
२.
सिमकार्ड थान- २१
३.
ल्यापटप
थान-२
४.
CPU
थान-१
५.
नगद रु. ६२,०००।-
६.
बिभिन्न सहकारीको पासबुक थान- ११, बैकको चेकबुक
थान-१६, डिपोजिट भौचर थान- ११