“बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०१-०४
- A
- A-
- A+
बेरोजगार युवायुवतिलाई बैदेशिक
रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात
बिदेश नपठाई निजहरु सम्पर्क विहीन भएकोमा पिडीतले जाहेरी दिई अनुसन्धान हुदा बिदेश
पठाउने भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई
काठमाण्डौको बिभिन्न स्थानहरुबाट मिति २०८१।०१।०२ र ४ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
१.
नाम
थर :- दिपा थारु
उमेर :- १८ वर्ष
वतन :- जिल्ला बर्दिया बाँसगढी न.पा.वडा नं. ९ घर भई
हाल जिल्ला ललितपुर महाक्ष्मी न.पा.वडा नं. १ ।
देश:- न्युजिल्याण्ड
बिगो रकम:- रु २,००,०००।– ( अक्षेरुपी दुई लाख
रुपैयाँ मात्र)
पक्राउ
स्थान:- जिल्ला ललितपुर महाक्ष्मी न.पा.वडा नं. १ ईमाडोल ।
जाहेरवाला :-ईन्द्र बहादुर बि.क.
२.
नाम
थर :- कृष्ण माया गौतम
उमेर :- ५७ वर्ष
वतन :- जिल्ला रामेछाप सुनपाती गा.पा.वडा नं. ५ घर भई
हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०९ ।
देश :- माल्टा
बिगो रकम :-
रु ३,६१,०००।–( अक्षेरुपी तीन लाख एकसट्ठी हजार रुपैयाँ मात्र)
पक्राउ स्थान
:- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०९ सिनामंगल ।
जाहेरवाला :- समाप्ती बर्देवा