“बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०१-०७
- A
- A-
- A+
बेरोजगार युवायुवतिलाई बैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई निजहरु सम्पर्क विहीन भएकोमा पिडीतले जाहेरी दिई अनुसन्धान हुदा बिदेश पठाउने भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई काठमाण्डौको बिभिन्न स्थानहरुबाट मिति २०८१।०१।०५ र ६ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न
नाम थर :- अरुण सिवाकोटी
उमेर :- ३१ वर्ष
वतन :- जिल्ला दोलखा कालिञ्चोक गा.पा.वडा नं. ७ घर भई
हाल का.जि.कागेश्वरी मनोहरा न.पा.वडा नं. ७ ।
देश :- पोल्याण्ड
बिगो रकम :- रु ३,५०,०००।– ( अक्षेरुपी तीन लाख पचास
हजार रुपैयाँ मात्र)
पक्राउ
स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ३२ पेप्सीकोला ।
जाहेरवाला :-किशन बिश्वकर्मा समेत २ जना
घटनाको
छोटकरी विवरण :- पोल्याण्डमा आक्रर्षक तलवको प्रलोभन देखाई ठगी गर्ने गरेको ।
नाम
थर :- जगनाथ नेपाल
उमेर :- ४१ वर्ष
वतन :- जिल्ला धनकुटा महालक्ष्मी न.पा.वडा नं. ६ घर भई
हाल जिल्ला काठमाण्डौं टोखा न.पा.वडा नं. ३ ।
देश :- दुबई
बिगो रकम :-
रु १,००,०००।–( अक्षेरुपी एक लाख रुपैयाँ मात्र)
पक्राउ स्थान
:- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ३१ नयाँ बानेश्वर ।
जाहेरवाला :- आचल तिवारी
घटनाको छोटकरी विवरण :- दुबई पठाईदिन्छु भनी ठगी गरेको ।