“बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ"
२०८१-०१-१०
- A
- A-
- A+
किरण
महर्जनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला
काभ्रे रोशी गा.पा. ४ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. १ बस्ने
नर बहादुर मगरकी छोरी बर्ष ३३ की सुजता पुलामी भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला
अदालत,बबरमहलबाट मिति २०८०।०४।१० गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई
यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०१।०९ गते
अं १६;०० बजे जिल्ला काठमाण्डौ का.म.न.पा. वडा ३१ नयाँ बानेश्वर स्थितबाट पक्राउ
गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१।०१।१० गते प्रहरी बृत्त नयाँ
बानेश्वर,काठमाण्डौ पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः सुजता पुलामी ।
उमेर : ३३ वर्ष
ठेगानाः जिल्ला काभ्रे रोशी गा.पा.
४ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. १ बस्ने ।