“बैकिंङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०१-१२
- A
- A-
- A+
पासाङ नुर्पु लोप्चन र रमेश अधिकारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नैन बहादुर खड्का भएको बैकिंङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुको मिति २०७९/०३/१९ गतेको फैसलाले २(दुई) दिन कैद, बिगो रू.५,५०,०००।- (पाँच लाख पचास हजार) र सोहि मितिमा भएको फैसलाले १(एक) दिन कैद, बिगो रू.१,६८,३६०।- जरीवाना तोकी फरार रहेका जिल्ला झापा, साविक शनिश्चरे गा.वि.स. वडा नं.०३ परिवर्तित अजुर्नधारा न.पा. वडा नं. ०९ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ मित्रनगर बस्ने वर्ष ५२ को नैन बहादुर खड्कालाई यस कार्यालयबाट खटिएको विषेश टोलीले मिति २०८१।०१।१२ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ नयाँ बसपार्कबाट पक्राउ गरी सम्मानित काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराईएको ।
पक्राउ प्रतिवादी :
नाम : नैन बहादुर खड्का
उमेर : ५२
बर्ष
ठेगाना : अजुर्नधारा ०९, झापा
हाल : मित्रनगर २६, काठमाण्डौ