“ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०१-१६
- A
- A-
- A+
कविता उप्रेतीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भिमसेन
कुमार श्रेष्ठ भएको ठगी (१,१०,००,०००।-,एक करोड दश लाख) सम्बन्धी कसुर
मुद्धाको अनुसन्धानको सिलसिलामा वारदातमा संलग्न रही फरार
रहेका प्रतिवादी भिमसेन कुमार श्रेष्ठलाई पक्राउ गरी कानुन बमोजिम अनुसन्धान गर्न
सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएका निज भिमसेन कुमार श्रेष्ठलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०१।१४ गते जिल्ला ललितपुर, नख्खिपोटबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर,
काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : भिमसेन कुमार श्रेष्ठ
उमेर : ४७ बर्ष
ठेगाना : जि.धादिङ, निलकण्ठ न.पा.वडा
नं.०७
हाल : का.जि.कलंकी