‘अपहरण तथा शरीर बन्धक गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ’
२०८१-०१-१८
- A
- A-
- A+
मिति
२०८१।०१।१७ गते अं.१८:३० बजे जि.सप्तरी, राजविराज
न.पा.वडा नं.१३ बस्ने सितेन्द्र यादवले आफू अपहरणमा परेको र मुक्त हुन रू.४,८०,०००।- दिनुपर्ने भनि निजको श्रीमतीलाई जानकारी
गराएकोमा यस कार्यालयबाट खटी गएको विशेष अनुसन्धान टोलीले मिति २०८१।०१।१८ गते
अं.०८:४५ बजे का.जि.का.म.न.पा.वडा नं.०९ सिनामंगलबाट पिडितको उद्धार गर्नुका साथै उक्त
कार्यमा संलग्न अजिम अली समेत २ जनालाई नियन्त्रणमा लिईएको ।
पक्राउ व्यक्तिहरू :
१. नामः अजिम अली
उमेरः २५ बर्ष
ठेगानाः
जि.सर्लाही,
मलङ्गवा न.पा.वडा नं.०३
हालः का.जि.सिनामंगल
२. नामः एम.डि.सनी
अलाही
उमेरः २५ बर्ष
ठेगानाः जि.सर्लाही, मलङ्गवा न.पा.वडा नं.०७
हालः का.जि.सिनामंगल
अनुसन्धानबाट
खुल्न आएका कुराहरुः
· पिडित मिति
२०८१।०१।१७ गते कतारबाट फर्केको ।
· पिडित कतारबाट
फर्किदा कतारमा बस्ने मनसुर अली नाम बताउने व्यक्तिले २५ ग्राम सुन दिई आफ्नो भतिज
अजिम अलिलाई दिनु भनि निजको मोबाईल नम्बर दिई पठाएको ।
· पिडित काठमाण्डौमा
आएपश्चातः अजिम अलीलाई फोन गरी सामान (सुन) लिन बोलाएकोमा अर्कै मान्छे आई सुन
लगेको भन्ने बुझिएको ।
· निज अजिम अलीले
पिडितलाई सुन आफूले नपाएको भनि आफू बस्ने डेरा/कोठा सिनामंगलमा जबरजस्ती लगि
पिडितलाई राखि कुटपिट गर्नुका साथै पिडितको श्रीमतीलाई रू. ४ लाख ८० हजार दिए
पश्चातः मात्र पिडितलाई छाड्ने भनि विभिन्न किसिमका डर/त्रास तथा धाक धम्की दिएको
।
निज अजिम अलीले
पिडितको पास्पोर्ट तथा नगद रू. १७,७४०।- समेत जबरजस्ती लिएको ।