“वैदेशिक रोजगारको लागि बुल्गेरिया, न्युजिल्याड, रोमानिया, सर्विया, क्रोसिया समेतका देशहरुमा पठाउने भनि आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई, सिम कार्ड समेत निकाली ४२२ जनालाई ठगी गर्ने गिरोहहरु पक्राउ”
२०८१-०१-१८
- A
- A-
- A+
वैदेशिक
रोजगारको लागि बुल्गेरिया, न्युजिल्याड, रोमानिया, सर्विया, क्रोसिया समेतका देशहरुमा पठाउने भनि आफ्नो
नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न
लगाई कम्पनीको नामबाट सिम कार्ड समेत
निकाली दुरुपयोग गरी Facebook, WhatsApp, TikTok लगायतका सामाजिक सञ्जालहरुमा विदेश जानलाई बिज्ञापन गरी ठगी गर्ने जिल्ला
धादिङ साविक जीवनपुर गा.वि.स. हाल धुनिवेशी न.पा. वडा नं. ०४ घर भएका आफ्नो नाम जीवा गौतम बताउने रमेश बयलकोटीले जिल्ला काठमाण्डौं किर्तिपुर न.पा वडा नं. ०६
बस्ने ललित जंग बमलाई प्रलोभनमा पारी Visa Plus Pvt. Ltd.
नामको कम्पनी (कन्सलटेन्सी) दर्ता गर्न लगाई अवसर रहेको भनी
विज्ञापन पोष्ट गरी कन्सलटेन्सीमा नै बोलाई करिव ४२२ जनालाई प्रतिब्यक्ति १० लाख
देखि १४ लाख लाग्ने बताई सुरुमा ५० हजार देखि ३ लाख लिने र भिषा पछि अन्य रकम दिने
भनी कर्मचारी खटाई रकम लिने गरेकोमा कन्सलटेन्सी संचालन गर्दा ललिजन बम आफुलाई
अप्ठ्यारो एंवम ठगिमा पर्ने ठानी यस कार्यालयमा आई जाहेरी दिएकोमा निज रमेश बयलकोटीलाई
जिल्ला काठमाण्डौं का.म.न.पा. महाराजगंज र अर्को संचालक जिल्ला कालिकोट छाप्रे ०६
घर भएका दर्शन नेपालीलाई जिल्ला काठमाण्डौं कागेश्वरी न.पा. वडा नं. ०७ बाट पक्राउ
गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाईएको ।
अनुसन्धानको क्रममा खुल्न आएका कुराहरु:-
·
किर्तिपुर
न.पा. वडा नं. ०६ मा कुखुरा फार्म संचालन गरी आएका ललिजन बमसँग २०८० आश्विनमा
फर्ममा गएर आफ्नो फर्म गोदावरीमा ३२ रोपनीमा
जग्गामा छ, आफूलाई कामदार चाहीएको
छ भनी सम्पर्क गरको र यस्तो काम गरेर प्रगती हुदैन, विदेश पठाउने काम गरौं लगानी आफै गर्ने, नाफा काम हेरेर तपाईलाई दिने बताई निजको नाममा कम्पनी
कन्सलटेन्सी दर्ता गरेको ।
·
रमेश
बयलकोटीले आफ्नो नाम जिवा गौतम बताएको र जिवा गौतम भनी विदेश जानेहरुलाई
काउन्सिलिङ गर्ने गरेको ।
·
यसमा
संलग्न गिरोह भारतमा बसी काम गर्ने गरेको बुझिन आएको ।
·
विदेश
जानेहरुबाट सुरुमा ५० हजार, अफर लेटर
आएपछि १ लाख ५० हजार, वर्क
पर्मिट आएपछि २ लाख रकम लाग्छ भनि करिब ४२२ जनाबाट ३ करोड भन्दा बढी रकम उठाएको ।
·
महाराजगंज
स्थित निजले संचालन गरेको Visa Plus Pvt. Ltd. कन्सलटेन्सीबाट
थान २० र दर्शन नेपालीको जडीबुटी स्थित कोठाबाट १ र जिवा गौतम भन्ने रमेश बयलकोटी
बस्ने गरेको कोठा, ललितपुर
एकान्तकुनाबाट थान ६३ गरी जम्मा थान ८४ राहदानी लगायत १८२ जनाको रेकर्ड फाईलहरु
बरामद भएको ।
·
Visa Plus Pvt. Ltd. कन्सलटेन्सी दर्ता गरी ललिजन बमको नाममा बैक खाता खोल्न लगाई निजको
ब्यक्तिगत खाता प्रयोग गराई रकम हाल्न लगाई रकम आए पश्चात निज बमलाई लक्षिन्द्र
बहादुर शाहीको नाममा चेक काट्न लगाई रकम निकाली लिने गरेको ।
·
निज जिवा गौतम भन्ने रमेश
बयलकोटीलाई ३ बर्ष अगाडी नक्सालमा समृद्धि प्रा.लि. मा काम गर्दा पनि आफ्नो नाम
संजीव रायमाझी बताएको खुल्न आएको ।
·
Visa Plus Pvt. Ltd. कन्सलटेन्सीबाट बिभिन्न मुलुकमा
कामदारको रुपमा पठाउन मुलुक अनुसार निम्न अनुसार प्रतिब्यक्ति रकम निर्धारण गरेको
।
·
देश
रकम देश रकम
·
न्युजिल्याण्ड १६ लाख सर्बिया ७ लाख
·
बुल्गेरीया ७ लाख साउदी अरब २ लाख ५० हजार
·
रोमानिया ७ लाख टर्की १२ लाख
·
क्रोएसिया १२ लाख मकाउ १२ लाख
पक्राउ ब्यक्तिहरु:-
१.
नाम
: जिवा गौतम भन्ने रमेश बयलकोटी
उमेर: ३१ बर्ष
ठेगाना : साविक जिवनपुर गा.वि.स १ घर भई हाल
धनुबेशी ४
कारवाहीको लागि पठाएको स्थान : जिल्ला प्रहरी
परिसर टेकु काठमाण्डौं पठाईएको ।
कन्सलटेन्सी :- Visa Plus Pvt. Ltd
२. नाम : दर्शन नेपाली
उमेर : २७ बर्ष
ठेगाना : जिल्ला
कालिकोट छाप्रे ०६ ।
कारवाहीको लागि पठाएको स्थान : जिल्ला प्रहरी
परिसर टेकु काठमाण्डौं पठाईएको
कन्सलटेन्सी :- Visa Plus Pvt. Ltd