“ वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०१-१८
- A
- A-
- A+
बेरोजगार
युवायुवतीलाई बैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी
पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई निजहरु सम्पर्क बिहीन भएकोमा पिडीतले
जाहेरी दिई अनुसन्धान हुँदा बिदेश पठाउने
भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई काठमाण्डौंको बिभिन्न स्थानहरुबाट मिति
२०८१।०१। १७ गते पक्राउ गरी थप अनुसन्धान
तथा कारबाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
ब्यक्तिहरु:-
१.
नाम
थर :-
मञ्जु राना मगर
उमेर :- ४५
वर्ष
वतन :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ४
बालुवाटार घर भई हाल मैतीदेवी ।
देश :- चेक रिपब्लिक र सर्बिया
बिगो रकम :- रु १,३६,००,०००।– ( अक्षेरुपी एक
करोड छत्तीस लाख रुपैयाँ )
पक्राउ
स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर ।
जाहेरवाला :- हरिश खत्री समेत १७ जना
घटनाको छोटकरी विवरण :- चेक रिपब्लिक र सर्बिया
पठाईदिन्छु भनी गोल्ड माईन कन्सलटेन्सी संञ्चालन गरी
उक्त कन्सलटेन्सी मार्फत बैदेशिक रोजगारमा
पठाउने प्रलोभनमा पारी १७ जना बाट १ करोड ३६ लाख ठगी गरी फरार रहेको ।
२. नाम थर :- तिर्थ माया कार्की
उमेर :- ३८ वर्ष
वतन :- जिल्ला ओखलढुङगा खिजिदेम्बा गा.पा. वडा नं. ४
घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ बस्ने ।
देश :-
चेक रिपब्लिक र सर्बिया
बिगो रकम :-
रु २४,००,०००।–( अक्षेरुपी चौबीस लाख रुपैयाँ )
पक्राउ स्थान
:- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर ।
जाहेरवाला :- हरिश खत्री समेत ४ जना
घटनाको
छोटकरी विवरण :- चेक रिपब्लिक र सर्बिया पठाईदिन्छु भनी प्रलोभनमा पारी गोल्ड माईन
कन्सलटेन्सी सन्चालक
मञ्जु राना
मगर मार्फत पठाउने भनी ४ जना बाट २४ लाख लिई फरार रहेको ।
३. नाम थर :- रबिन तामाङ
उमेर :- ३२ वर्ष
वतन :- जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं. ९ घर भई
हाल जिल्ला काठमाण्डौं धापासी ।
देश :- अफ्रिका
बिगो रकम :-
रु ४,९०,०००।– ( अक्षेरुपी चार लाख नब्बे हजार रुपैयाँ )
पक्राउ
स्थान :- जिल्ला काठमाण्डौं थापागाँउ ।
जाहेरवाला
:- राज कुमार श्रेष्ठ
घटनाको
छोटकरी विवरण :- अफ्रिका पठाईदिन्छु भनी पिडितहरुबाट ४ लाख ९० हजार लिई सम्पर्क
बिहीन भई फरार रहेको ।
४. नाम थर :- सहदेव रिजाल
उमेर :- २३ वर्ष
वतन :- जिल्ला काभ्रेपलान्चोक पाँचखाल न.पा.वडा नं. १२ घर भई हाल जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. ०७ बालकोट ।
देश :- क्यानडा
बिगो रकम :-
रु ८,००,०००।– ( अक्षेरुपी आठ लाख रुपैयाँ )
पक्राउ
स्थान :- जिल्ला काठमाण्डौं तारकेश्वर न.पा. वडा नं. १० मनमैजु ।
जाहेरवाला
:-राजेश दर्नाल
घटनाको छोटकरी विवरण :- क्यानडामा आर्कषक तलवको प्रलोभन देखाई पिडितबाट ८ लाख लिए पश्चात सम्पर्क बिहीन भई फरार रहेको ।
५. नाम थर :- कबिराज सुबेदी
उमेर :- २० वर्ष
वतन :- जिल्ला मकवानपुर गढी गा.पा. वडा नं. ६ ।
देश :- दुबई
बिगो रकम :-
रु ८०,०००।– ( अक्षेरुपी असी हजार रुपैयाँ )
पक्राउ
स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर ।
जाहेरवाला
:-किशोर राई
घटनाको
छोटकरी विवरण :- दुबईमा आकर्षक तलबको प्रलोभन देखाई ८० हजार लिए पश्चात सम्पर्क
बिहीन भई फरार रहेको ।