प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भनि आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई २१९ जनालाई ठगी गर्ने गिरोह पक्राउ”

२०८१-०१-२१

  • A
  • A-
  • A+
Share

Neem Educational Consultancy संचालक दिपक तामाङले अध्ययनको लागि जापान लगायतका देशहरुमा जाने विद्यार्थीहरुलाई परामर्श दिई विदेश पठाउने कार्य गर्दै आइरहेकोमा सामाजिक सञ्जाल फेसबुकमा नियोनी एजुकेसन प्रा.लि.  (Niyoni Education Pvt.Ltd.)  बाट जापान जानको लागि अवसर रहेको विज्ञापन पोष्ट गरेको देखि विज्ञापनमा रहेको सम्पर्क नम्बरमा सम्पर्क गर्दा मलाई काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २९ पुतलीसडकको कार्यालयमा नै सम्पर्क गर्न आउनु भनेकोले म काठमाडौंको पुतलीसडक स्थित नियोनी एजुकेसन प्रा.लि.मा पुग्दा आफूलाई रमेश नाम बताउने व्यक्तिले जापानमा रहेको International University Health and Welfare मा विधार्थीहरु माग भएको छ भनि विभिन्न तवरले विश्वास दिलाएको हुँदा मैले मसँग  रहेका विद्यार्थीहरु सम्पर्क गराएको थिएँ । केहि समयपछि COE (Certificate of Eligibility) Letter आइसकेको छ भनि जापानमा रहेको कलेजमा शुल्क बुझाउनको लागि लाग्ने रकम नारायण बहादुर राईको नाममा रहेको सानिमा बैंकको खातामा र पर्वराज भन्ने ईश्वरी पाण्डेको कामना विकाश बैंकको खातामा रकम पठाउन लगाई ठगी गरेको भन्ने समेतको व्यहोराको यस कार्यालयमा २०८०।१२।०४ मा  निवेदन पर्न आएकोमा अनुसन्धान जारी रहंदै गर्दा जिल्ला उदयपुर डुम्रे-४ घर हुने नारायण बहादुर राई र बाजुरा घर हुने पर्व राज पाण्डे समेतको नाममा वैदेशिक रोजगार विभागबाट पक्राउ पूर्जी समेत जारी भई आएकोमा अनुसन्धान गर्दा नारायण बहादुर राईको नागरिकता दुरुपयोग गरी राजन श्रेष्ठले र पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरी ईश्वरी पाण्डेले विदेशमा जान चाहने युवायुवतीहरुलाई ठगी गरेको देखिएकोमा निजहरुलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०१।२० गते पक्राउ गरी आवश्यक कार्वाहीको लागी  वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको ।

अनुसन्धानको क्रममा खुल्न आएका कुराहरु:-

· यस कार्यालयमा पक्राउ पुर्जी प्राप्त हुनुभन्दा अगाडि नै सो सम्बन्धमा रामेछाप जिल्ला लिखु तामाकोशी गा.पा. वडा नं. ०१ घर भई ललितपुर महानगरपालिका वडा नं. २४ बस्ने ललितपुर जिल्ला ल.म.न.पा. वडा नं. ०५ कुमारीपाटी स्थितमा सन् २०१४ देखि सञ्चालनमा रहेको  Neem Educational Consultancy का सञ्चालक दिप बहादुर तामाङ समेतले Niyoni Education Pvt. Ltd. को संचालक नारायण बहादुर राई समेतको विरुद्धको उजुरी यस कार्यालयमा प्राप्त हुन आएको ।

· राजन श्रेष्ठले नारायण बहादुर राईको नागरिकता दुरुपयोग गरी तथा निजको नाम ठेगाना प्रयोग गरी NIYONI EDUCATION & VISA SERVICE नामको कन्सल्टेन्सी पुतलीसडकबाट जापान Working Visa मा पठाउने भनी ४ लाख देखि ७ लाख सम्म उठाउने गरेको । उक्त कार्यमा ईश्वरी पाण्डेले पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरी खाता समेत खोली रकम राख्न लगाई आफैं निकाल्ने गरेको ।

· Niyoni Education Pvt. Ltd. को संचालक आफू नारायण बहादुर राई नाम गरेको व्यक्ति भएको र जापान जाने विभिन्न मानिसहरुलाई आफ्नो (नारायण बहादुर राईको) सानिमा बैंकको र पर्वराज भन्ने ईश्वरी पाण्डेको कामना विकाश बैंकको खातामा २०० भन्दा बढि व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई उक्त रकम निजहरुले ATM Card, Connect IPS तथा चेक मार्फत् रकम निकाली दुरुपयोग एवम् ठगी गरेको ।

रामेछाप घर भएका राजन श्रेष्ठले नारायण बहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा KYC फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथै KYC फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले Verify नगरी खाता खोलिदिएको । उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग  गरेको ।

·       दिप बहादुर तामाङ मार्फत् १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको ।

·       सुनिल कुमार नेपाली मार्फत २० जनाबाट ३२ लाख  रकम लिएको देखिएको ।

·       वैदेशिक रोजगार विभागमा अन्य करिब १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको ।

·       निज राजन श्रेष्ठलाई मिति २०८१।०१।२० गते काठमाडौं जि. कागेश्वरी मनहरा न.पा. वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाण्डौं कामनपा २९ बाट  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको ।

·       नारायण बहादुर राई भन्ने राजन श्रेष्ठले मेरो खातामा तपाईंहरुले धेरै रकम हालिसक्नुभयो, बैंक ट्रान्जेक्सन धेरै देखिने हुँदा मेरो पार्टनर पर्वराज भन्ने ईश्वरी पाण्डे (कामना सेवा विकाश बैंक) को खातामा रकम जम्मा गर्न लगाउने गरेको  ।

·       वास्तविक नारायण बहादुर राई लाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५/१६ वर्ष अगाडी हराएको र विगत ३ वर्ष देखि पठाओ(मो.सा.) चलाई जिबिका चलाउने सामान्य व्यक्ति रहेको र निजले  हाल सम्म कुनै कम्पनी वा कन्सल्टेन्सी  दर्ता नगरेको  खुल्न आएको ।

 

पक्राउ  परेका व्यक्तिहरु:-

१.        नाम :- नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ

उमेर :- ३५ बर्ष

ठेगाना :-  रामेछाप जिल्ला लिखु तामाकोशी गा.पा. ०७ घर भई हाल काठमाडौं जिल्ला कागेश्वरी मनहरा न.पा. वडा नं. ०७ विष्टगाउँ

कन्सलटेन्सी :- Niyoni Educational Consultancy संचालक  ।        

२.        नाम :- पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे

उमेर: ४६ बर्ष 

ठेगाना :- जिल्ला झापा गौरादह न.पा. वडा नं. ०१ घर भई हाल जिल्ला ललितपुर ल.म.न.पा. वडा नं. २२ भैसीपाटी बस्ने ।           

कन्सलटेन्सी :- Niyoni Educational Consultancy मा आवद्ध ।

सम्बन्धित समाचार
“ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरु पक्राउ”
२०८२-०५-२२

घटना विवरण :- मिति २०८२।०४।१२ गते जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा नं.५ बाहुनधारा स्थित सडक खण्डमा सामुहिक रुपमा पीडितलाई धारीलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाई वारदात पश्चात फरार रहेका ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका निम्न प्रतिवादीहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी अनुसन्धान टोलीले मिति २०८२।०५।१९ गते जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं.१०, गड्डाचौकी स्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त बौद्ध, काठमाण्डौं पठाईएको ।       पक्राउ व्यक्तिहरुको विवरण:-१) नाम:-  लोप्साङ बम्जन  उमेर : २८ बर्ष  ठेगाना : जिल्ला सिन्धुपालचोक पाँचपोखरी थाङपाल गा.पा.   वडा नं. ०१ बाँसखर्क स्थायी घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा               नं. ०५ जोरपाटी ।२) नाम:- सुमन तामाङ    उमेर:- २६ बर्ष  ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।३) नाम:- कुमार तामाङ    उमेर:- ३० बर्ष  ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।

" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०५-२०

श्री सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.०१ स्थायी वतन भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बस्ने बर्ष ३८ कि रञ्जिता थापा(सिटौला)लाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०५।२० गते जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:- नामथर : रञ्जिता थापा (सिटौला) उमेर     : ३८ वर्ष ठेगाना  : जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.०१ हाल : जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ०२ बिगो: रु १५,००,०००।–(पन्ध्र लाख)अनुसन्धानबाट थप खुल्न आएको विवरण:Ø प्रहरी वृत्त लैनचौरबाट बिगो रु २७,००,०००।–(सत्ताईस लाख) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।Ø जिल्ला प्रहरी कार्यालय दोलखाबाट बिगो रु ३७,४९,०००।–(सड्तिस लाख उनन्चास हजार) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।  

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-२०

घटना विवरण : बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१. नाम थर      :- विशाल बुढा मगर उमेर           :- ३४ वर्षस्थायी वतन :- जिल्ला प्युठान नौबहिनी गा.पा.वडा नं.०१ ।हाल            :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१४ ।     देश             :- क्यानडाविगो रकम    :- रु.१५,३०,०००।–(पन्ध्र लाख तिस हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला चन्द्रागिरी न.पा. वडा नं.१४ । पीडित संख्या :- २ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।२. नाम थर      :- निकेश ढुङ्गाना    उमेर           :- ३० वर्षस्थायी वतन :- जिल्ला झापा बुद्धशान्ति गा.पा. वडा नं.०२ । हाल           :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०९ ।देश             :- यु.के.विगो रकम    :- रु.४१,००,०००।–(एकचालिस लाख)पक्राउ मिति   :- २०८२/०५/२० गते ।पक्राउ स्थान  :- जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.१५ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।३. नाम थर      :- योगेन्द्र सिंह दनुवार   उमेर           :- ४४ वर्षस्थायी वतन :- जिल्ला मोहोत्तरी गौशाला न.पा.वडा नं.०९ ।हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०३ । देश             :- अल्बानियाविगो रकम    :- रु.९,३४,०००।–(नौ लाख चौतिस हजार)पक्राउ मिति   :- २०८२/०५/२० गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.१२ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-१९

घटना विवरण : बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।१. नाम थर      :- तुफायल मिया जोलाहाउमेर           :- ३७ वर्षस्थायी वतन :- जिल्ला पर्सा विन्दबासिनि गा.पा.वडा नं.०५ ।हाल            :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ ।     देश             :- माल्दिभ्स विगो रकम    :- रु.२,३०,०००।–(दुई लाख तीस हजार)पक्राउ मिति   :- २०८२/०५/१८ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं  ।२. नाम थर      :- सहनसिल महर्जन    उमेर           :- ५३ वर्ष स्थायी वतन :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा नं.०५ । देश             :- पोल्याण्ड विगो रकम    :- रु.६,२५,०००।–(छ लाख पच्चिस हजार) पक्राउ मिति   :- २०८२/०५/१९ गते । पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा नं.०५ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं । ३. नाम थर      :- बिक्रम साह   उमेर           :- २० वर्षस्थायी वतन :- जिल्ला रौतहट परोहा न.पा.वडा नं.०१ ।हाल           :- जिल्ला ललितपुर ललिपुर म.न.पा. । देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,१०,०००।–(दुई लाख दश हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.३२ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।४. नाम थर      :- हरिकला खाँण ठकुरी (थापा)   उमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला बाँके कोहलपुर न.पा.वडा नं.१२ ।देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,२३,०००।–(दुई लाख तेइस हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.१२ ।पीडित संख्या :- १ जनापठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।  

फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९

वादी प्रकाश बस्नेत प्रतिवादी राम प्रसाद भट्टराई भएको चेक अनादर मुद्दामा (मुद्दा नं.०८०-C१-२७८८) सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौबाट मिति २०८२।०५।१३ गते प्रतिवादीलाई विगो वापत कैद गर्ने भनी भएको आदेशानुसार फरार रहेको निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी मिति २०८२।०५।१९ गते काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौमा बुझाईएको ।  पक्राउ प्रतिवादीको विवरण:-   नामथर: राम प्रसाद भट्टराई,   उमेर:  ४७ बर्ष,   ठेगाना:  जिल्ला तेहृथुम मेन्छयायेम गा.पा. वडा न.५ मोराहाङ घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल बस्ने,   मुद्दा: चेक अनादर मुद्दा,   पक्राउ मिति: २०८२।०५।१९ गते ।   पक्राउ स्थान: जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल   विगो रकम: रू १०,००,०००।– (अक्षरेपि दश लाख रुपैंया)   तोकिएको सजाय : विगो वापत २ (दुइ) बर्ष कैद ।    अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु: Ø प्रहरी वृत्त बालाजुमा मु.द.नं.७६८ मिति २०८२।०२।०१ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार । Ø प्रहरी वृत्त महाराजगंजमा मु.द.नं.२४४ मिति २०७९।०५।१६ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।    

“बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९

घटना विवरण :-अनिल श्रेष्ठको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी Sakusal suppliers pvt ltd. का संचालक माधव पण्डित भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला नुवाकोट पञ्चकन्या गा.पा. वडा नं.३ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.८ बानियाटार बस्ने वर्ष ४४ को माधव पण्डितलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।१८ गते का.जि.का.म.न.पा.वडा नं. १६ बालाजु चोकबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको । पक्राउ व्यक्तिको विवरण:-१)     नाम :- माधव पण्डित   उमेर :- ४४ वर्ष ठेगाना : जिल्ला नुवाकोट पञ्चकन्या गा.पा. वडा नं.३ घर भई             हाल का.जि.का.म.न.पा. वडा नं.८ बानियाँटार ।  बिगो रकम:- जम्मा रू. ८०,००,०००।-(असी लाख मात्र)