“ वैदेशिक रोजगारमा इजरायल पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०१-२३
- A
- A-
- A+
वेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात विदेश नपठाई निज सम्पर्क बिहीन भएकोमा पिडीतले जाहेरी दिई अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गरेका निम्न व्यक्तिलाई काठमाण्डौंको बुढानिलकण्ठ न.पा. वडा नं. ०९ बाट मिति २०८१।०१।२० गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम थर :- जेनित हाङ लिम्बु
उमेर :- ३७ वर्ष
वतन :- जिल्ला ताप्लेजुङ मिक्वाखोला गा.पा.वडा नं. ०३ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०७ चावहिल ।
देश :- इजरायल
बिगो रकम :- रु २,००,०००।– ( अक्षेरुपी दुई लाख रुपैयाँ )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं. ०९
।
जाहेरवाला :- रविन कुमार राई
घटनाको छोटकरी विवरण :- इजरायलमा आकर्षक तलबको प्रलोभन देखाई ठगी
गरी फरार रहेको ।