“बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ "
२०८१-०१-२३
- A
- A-
- A+
प्रदुमन
महर्जनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला
सिन्धुपाल्चोक थुमपाखर गा.पा.९ घर भई जिल्ला काठमाण्डौं टोखा न.पा.-७ धापासी बस्ने
नेत्र बहादुर कार्कीको छोरा बर्ष ५४ को महेश
कुमार कार्की भएको बैंकिङ कसुर(मु.द.नं.०७९-CB-१०६१) मुद्दामा प्रतिवादी महेश कुमार कार्कीलाई ५ दिन कैद, जाहेरवालालाई
बिगो रु.१५,००,०००/- (पन्ध्र लाख) भराई बिगो बमोजिम रु.१५,००,०००/-(पन्ध्र लाख)
जरीवाना र क्षतिपुर्ती बापत पिडीत राहत कोषमा रु.६०,०००/- (साठ्ठी हजार) जम्मा
गराउने भनि मिति २०८०।०२।१२ गते सम्मानित उच्च अदालत पाटन ललितपुरबाट फैसला भई फरार रहेका प्रतिवादी महेश कुमार कार्कीलाई यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०१।२१ गते ललितपुर
जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. पुल्चोकबाट पक्राउ गरी मिति २०८१।०१।२३ गते
फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौं
पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः महेश कुमार कार्की ।
उमेर : ५४ वर्ष
ठेगानाः जिल्ला सिन्धुपाल्चोक थुमपाखर गा.पा.९ घर भई जिल्ला काठमाण्डौ टोखा न.पा.-७ धापासी बस्ने ।