“वैदेशिक रोजगारमा इजरायल पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०१-२४
- A
- A-
- A+
वेरोजगार युवायुवतीलाई वैदेशिक
रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात विदेश
नपठाई निजहरु सम्पर्क बिहीन भएकोमा पिडीतले जाहेरी दिई अनुसन्धान हुँदा विदेश
पठाउने भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई
काठमाण्डौंको बिभिन्न स्थानहरुबाट मिति २०८१।०१।२३ र २४ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम थर :- सुर्य थापा मगर
उमेर :- ३० वर्ष
वतन :- जिल्ला ओखलढुंगा
सिद्धिचरण न.पा. वडा नं. ०१ घर भई हाल जिल्ला काठमाण्डौं का.म.पा. वडा नं. ६ बौद्ध ।
देश :- इजरायल
बिगो रकम :- रु १०,२०,००० ।– ( अक्षेरुपी दश लाख बीस हजार रुपैयाँ
)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २९
अनामनगर ।
जाहेरवाला :- हिरा बहादुर लामिछाने समेत ५ जना
घटनाको छोटकरी विवरण :- दुवईमा आकर्षक तलबको प्रलोभन देखाई रकम
लिई ठगी गरेपश्चात सम्पर्क विहीन भई फरार
रहेको ।
२. नाम थर
:- बिमला गुरुङ
उमेर :- ४६ वर्ष
वतन :- जिल्ला धादिङ
ज्वालामुखी गा.पा. वडा नं.०९ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १५
स्वयम्भु ।
देश :- माल्टा
बिगो रकम :- रु ७,००,०००
।– ( अक्षेरुपी सात लाख रुपैयाँ )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १५
स्वयम्भु ।
जाहेरवाला :- नर बहादुर आचार्य
घटनाको छोटकरी विवरण :- माल्टामा आकर्षक तलबको प्रलोभन देखाई
ठगी रकम लिएपश्चात सम्पर्क विहीन भई गरी फरार
रहेको ।