“वैदेशिक रोजगारमा अमेरिका पठाईदिन्छु भनी ठगी गर्ने मानव तस्करीमा संलग्न ब्यक्ति पक्राउ”
२०८१-०१-२५
- A
- A-
- A+
वेरोजगार युवायुवतीलाई अमेरिका पठाउन
सकिन्छ त्यसको लागी केही समय ब्राजिलमा गएर काम गर्नु पर्छ भनि ब्राजिलको Textile कम्पनीमा Working Visa मा पठाउने हो भनि श्रम स्वीकृती समेत निकाली फिलिपिन्स हुँदै जानु पर्छ
भनि पिडितहरु ४ जनाबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार लिएपछि सम्पर्क
विहीन भई फरार रहेका मानव तस्करीमा संलग्न तेज राम चौधरीलाई यस कार्यालयबाट खटिएको
प्रहरी टोलीले जिल्ला ललितपुर लपु.म.न.पा. वडा नं. ०७ झम्सिखेलबाट मिति २०८१।०१।२४
गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- तेज राम चौधरी
उमेर :- ४१ वर्ष
वतन :- जिल्ला कैलाली गौरी गंगा न.पा. वडा नं. ०२ घर
भई हाल जिल्ला ललितपुर लपु.म.पा. वडा नं. ७ झम्सिखेल ।
बिगो
रकम :- रु. १,१८,५९,००० ।– ( अक्षेरुपी एक करोड अठार लाख उनन्साठी हजार रुपैयाँ )
पक्राउ
स्थान :- जिल्ला ललितपुर लपु.म.न.पा. वडा नं. ०७ झम्सिखेल ।
जाहेरवाला
:- राम बहादुर वली समेत ४ जना
अनुसन्धानबाट
खुल्न आएका कुराहरु :-
· अमेरिका लैजाने भनि पिडितलाई ब्राजिलको Working Visa लगाई श्रम स्वीकृती समेत निकाली
फिलिपिन्स पुर्याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको ।
· निज पिडितहरु मध्ये महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर
के.सी.बाट २७ लाख, टिका खड्काबाट २३ लाख र राम
बहादुर वलीबाट ४० लाख गरी जम्मा १ करोड १८ लाख ५९ हजार ठगी
गरेको देखिएको ।
·
पिडितहरुलाई
नेपाल फर्केपछि पुन : दिल्लीको महिपालपुर स्थित होटल सप्तगिरीमा २ महिना राखेको
खुल्न आएको साथै पिडितहरु पुन : नेपाल
फर्केकोमा January 18 2024 मा पुन
सोही समूहले भारतको दिल्ली पुर्याई त्यहा रहेका एक भारतीय नागरिकले ७ दिन बाहिर
निस्कन नदिई बन्धक समेत बनाएको खुल्न आएको ।
· पिडितहरुलाई बन्धक बनाएपछि हाल पक्राउ परेको तेज राम चौधरीले
रकम दिनुस् काम हुन्छ भनेपछि निजहरुबाट ३९ लाख रकम असुलेपछि होटलबाट मुक्त
गरिएकोमा पिडितहरु नेपाल फर्केर निजहरुको विरुद्ध उजुरी दिएको ।