“फरार प्रतिवादी पक्राउ”
२०८१-०१-२५
- A
- A-
- A+
दावा डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धुर्व खरेल भएको ठगी
सम्बन्धी कसुर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई
फरार रहेका जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. २ घर भई हाल जिल्ला
काठमाण्डौ का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर बस्ने बर्ष २७ को धुर्व खरेललाई यस
कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०१।२५ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा
नं. ७ चावहिलबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहिको लागि मिति २०८१।०१।२५
गते जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : धुर्व खरेल
उमेर : २७
बर्ष
ठेगाना : सुनकोशी गा.पा ०२, सिन्धुपाल्चोक
हाल
: का.म.न.पा वडा नं. ३१ नयाँबानेश्वर