“ वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०१-२६
- A
- A-
- A+
घटना
विवरण :-
वेरोजगार
युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी
पिडितहरुबाट रकम लिए पश्चात विदेश नपठाई निजहरु सम्पर्क विहीन भएकोमा पिडीतहरुले
जाहेरी दरखास्त दिई अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाण्डौंको
विभिन्न स्थानहरुबाट मिति २०८१।०१।२५ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।
पक्राउ व्यक्तिहरु :-
१.
नाम थर
:- वकिल बहादुर आले
उमेर :- ३८
वर्ष
वतन :- जिल्ला गोरखा गण्डकी
गा.पा. वडा नं. ०२ ।
देश :- क्यानडा
बिगो रकम :- रु ३६,००,०००
।– ( अक्षेरुपी छत्तीस लाख रुपैयाँ )
पक्राउ स्थान :- जिल्ला गोरखा, गोरखा गा.पा. वडा नं.०६ ।
जाहेरवाला :- राजन सुनार समेत ६ जना
घटनाको छोटकरी विवरण :- क्यानडा पठाईदिन्छु भनि क्यानडा जान
लागत प्रतिव्यक्ति रु. १७ लाख लाग्छ,
मासिक तलब रु. १ लाख ८० हजार हुन्छ, क्यानडामा आफ्नो मान्छे छ भनि प्रलोभन देखाई रकम लिए पश्चात सम्पर्क विहीन भई ठगी
गरी फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा पक्राउ गरिएको ।
२. नाम थर :- धर्मेन्द्र श्रेष्ठ
उमेर :- ३४ वर्ष
वतन :- जिल्ला तनहुँ
ऋषिङ गा.पा. वडा नं. ०८ घर भई हाल जिल्ला
काठमाण्डौं का.म.पा. वडा नं. २६ गोगंबु
।
देश :- यु.के.
बिगो रकम :- रु
९,५०,००० ।– ( अक्षेरुपी नौं लाख पचास हजार रुपैयाँ )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६ गोगंबु
।
जाहेरवाला :- सुविना के.सी. समेत २ जना
घटनाको छोटकरी विवरण :- बेलायत पठाईदिन्छु भनि आकर्षक तलबको
प्रलोभन देखाई रकम लिई ठगी गरे पश्चात सम्पर्क विहिन भई फरार रहेको ।