प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“अवैध बाटो प्रयोग गरी अमेरिका तथा क्यानडा पुर्‍याउने सपना देखाई विभिन्न व्यक्तिहरुबाट ५ करोड ५० लाख रकम ठगि गर्ने गिरोह पक्राउ”

२०८१-०१-२८

  • A
  • A-
  • A+
Share

वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडा लगायतका देशहरुमा पठाइदिन्छौं भनि विभिन्न तवरले  विश्वास दिलाई राहदानी, फोटो, Police Report, बैंक स्टेटमेन्ट, Covid QR Code, Yellow Fever Card समेतका कागजातहरु लिई आफ्नो तथा अन्य व्यक्तिको बैंक खातामा पटक पटक गरी नगद जम्मा गर्न लगाई तथा नगदै रकम समेत लिई दुबई हुँदै केन्यासम्म जाने हवाई टिकट दिई केन्यामा पुर्‍याई साथमा रहेको डलर समेत अन्य अफ्रिकी मुलका एजेन्टबाट लिन लगाई अलपत्र पारी खान बस्न समेत नदिई  झुक्यानमा पारी  मोटो रकम लिई मानव तस्करी तथा ठगी गरेकोमा पीडितहरु सिन्धुपाल्चोक घर भएका अरूण तामाङ समेत १० जनाबाट यस कार्यालयमा ठगी सम्बन्धी कसूर समेतमा जाहेरी दरखास्त प्राप्त हुन आएकोमा । यस कार्यालयबाट खटिएको प्रहरी टोलीले टासी शेर्पा समेत ३ जनालाई पक्राउ गरी मानव तस्करी गरी ठगी गरेका अपराधमा आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु काठमाण्डौं पठाइएको ।

अनुसन्धानको क्रममा खुल्न आएका कुराहरु:-

v  ङिमवुटी शेर्पाले आफ्नो श्रीमान् दावा शेर्पा तथा टासी शेर्पाले आफ्नो छोरोलाई अवैध बाटो प्रयोग गरी अमेरिका पठाएको उदाहरण गाउँका अन्य सोझा सीधा मानिसहरुलाई दिई सोहि बाटो र प्रकृया अपनाई अमेरिका क्यानडा लगायतका देशमा पठाउने, Food Packing को सजिलो काम, मासिक ४ लाख माथि कमाई हुन्छ भन्ने समेतका प्रलोभन देखाई Counselling गर्ने गरेको ।

v  ङिमवुटी शेर्पाले एउटै घरमा रेष्टुरेन्ट, ब्युटी  पार्लर तथा चिया पसल समेत सञ्चालन गरी सोही स्थानमा पीडितहरुलाई त्यहीं बोलाई कुराकानी तथा कारोबार गर्ने गरेको तथा अन्य गिरोहका मानिसहरुलाई समेत सोही स्थानमा भेटी कुराकानी तथा रकमको कारोबार गर्ने गरेको ।

v  भिषा निकाल्न तथा Documents Apply गर्न भनि सुरुमा रु. ५,००,०००।रुपैयाँ लिने गरेको, २/३ दिन पछि भिषा आइसक्यो टिकट काट्न भनि ५-७ लाख, डलर साट्न ५ लाख रुपैंयाँ (३५०० डलर) लाग्छ भन्दै प्रति व्यक्ति ५० लाखसम्म रकम उठाएको खुल्न आएको ।

v  काठमाडौंबाट दुबई ट्रान्जिट बनाई केन्याको राजधानी नैरोबी स्थित JOMO Kenyatta International Airport  पुगेपछि निजहरुले सम्पर्क गराएका अफ्रिकी मुलका एजेन्टले Receive गरी ट्याक्सीमा राखी केन्याको जिम्मारमान (Zimmerman ) स्थित भाडामा लिइराखेको घरको २ वटा फ्ल्याटमा लगि ६ महिना राखेको ।

v  उक्त घरमा पुग्ने बित्तीकै पीडितहरुबाट  २००/३०० डलर मात्र बाँकी राखी सबै डलर र पासपोर्ट एजेन्टहरुले नै लिएर गएका ।

v  काम हुँदैछ पख्नुहोस् भनि ६ महिनासम्म  कोठामा बन्धक बनाई राखेपछि यहाँ बसिरहयो भने प्रहरीले दुःख दिन्छ भनि त्यहाँबाट गाडिमा राखी  अन्दाजी १ घण्टाको दुरीमा रहेको नैरोवी स्थित Kinoo भन्ने स्थानमा अर्को घरको फ्ल्याटमा लगि २/३ महिना राखेपछि प्रहरीले समात्छ भनि पासपोर्ट फिर्ता गरिदिएको ।

v  पीडितहरुले Passport प्राप्त गरेपछि त्यहाँ बस्दा लागेको खर्च पीडितहरुले आफ्नो घर तथा साथीहरुबाट मगाई तिरी हवाई टिकट समेत आफैंले काटी नेपाल फर्किएको ।

v   अमेरिका पुर्‍याउन केन्याबाट क्यानडा, ब्राजिल, कोलम्बिया, मेक्सिको मध्ये कुनै रुट प्रयोग गरी पठाउने गरेको खुल्न आएको ।

v   यस गिरोहले करिब १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाई राखिरहेको र  निजहरुबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको ।

v  हाल यस कार्यालयको सम्पर्कमा आएका १० जना पीडितहरुबाट  ५करोड ५० लाख रकम लिएको खुल्न आएको । 

पक्राउ  परेका व्यक्तिहरु:-

१.  नाम :- टासी शेर्पा

उमेर :- ४७ बर्ष

स्थायी वतन :-  जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा. वडा नं. ०२

हाल :-  जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं. ११ कपन ।

 

२.   नाम :- ङिमबुटी शेर्पा

उमेर :- ४२ बर्ष 

स्थायी वतन :- जिल्ला सिन्धुपाल्चोक साविक कर्थली गा.वि.स. ०१

हाल :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।  

 

३.   नाम :- निमा शेर्पा

उमेर :- १९ बर्ष

स्थायी वतन :- जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा. वडा नं. ०१ ।

हाल :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।   

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि हंगेरी पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-११-०१

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि हंगेरी लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- महेश तामाङ   उमेर            :- ५६ वर्ष    स्थायी वतन  :- जिल्ला दोलखा कालिन्चोक गा.पा. वडा नं.४ ।   हाल           :- जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं.८ ।देश             :- हंगेरीविगो रकम    :- रु.३,००,०००।– (तीन लाख)पक्राउ मिति   :- २०८२/११/०१  गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-१०-२८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- जटाधर राउत   उमेर            :- ४१ वर्ष स्थायी वतन  :- जिल्ला महोत्तरी सम्सी गा.पा. वडा नं.१ ।हाल           :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.१ ।देश             :- बेलायत र रोमानियाविगो रकम    :- रु.८०,००,०००।– (असि लाख)पक्राउ मिति   :- २०८२/१०/२७  गते ।पक्राउ स्थान  :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.२ । पीडित संख्या :- ५ जना ।

“वैदेशिक रोजगारीको लागि यु.ए.इ. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२८

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यु.ए.इ. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर      :- ठमराज नेपाली परियार   उमेर            :- ४१ वर्ष स्थायी वतन  :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.३ ।हाल            :- जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.३ । पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ ।२. नाम थर      :- राम कुमार राई   उमेर            :- ३९ वर्ष स्थायी वतन  :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.३ ।हाल            :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा  नं.१ । पक्राउ स्थान  :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.३ ।देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,८०,०००।– (दुई लाख असि हजार)पक्राउ मिति   :- २०८२/१०/२७ गते । पीडित संख्या :- १ जना ।

“ डाँका र ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी १० वर्ष पछि पक्राउ ”
२०८२-१०-२८

नेत्र बहादुर बुढाथोकीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राकेश भन्ने धावा छिरिङ तामाङ समेत भएको डाँका र ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित दोलखा जिल्ला अदालतको मिति २०७४।०९।०४ गतेको फैसला बमोजिम राकेश भन्ने धावा तामाङ समेतलाई जनही १० (दश) बर्ष कैद र रु.१,००,१८९।- (अक्षेरुपी एक लाख एकसय उनानब्बे रुपैँया) जाहेरवालालाई भराउने ठहर भएकोमा निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।१०।२७ गते अं. १६:३० बजेको समयमा जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं.०४  गोकर्णबाट राकेश भन्ने धावा छिरिङ तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयणको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।पक्राउ व्यक्तिको विवरणःनाम थर : राकेश भन्ने धावा छिरिङ तामाङउमेर : ३९ वर्षठेगाना: जिल्ला दोलखा शैलुङ गाउँपालिका वडा नं.०४ हालः जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं.०४  गोकर्ण 

“ ६० लाख डकैती गर्ने व्यक्तिहरु पक्राउ ”
२०८२-१०-२७

मिति २०८२/१०/१४ गते दिनको अन्दाजी १६:०० बजको समयमा जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका वडा नं. १४ स्थित घ्याङ्खेलमा बोलाई सस्तो मूल्यमा बिल सहितको सुन दिन्छु भन्ने प्रलोभनमा पारी नगद रु. ६०,००,०००।– (साठ्ठी लाख रुपैयाँ) ल्याउन लगाई ८/९ जना व्यक्तिहरुको समूहले पिडितलाई नियन्त्रणमा लिई कुटपिट तथा लुटपाट गरी फरार रहेका निम्न व्यक्तिहरुलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले काठमाण्डौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाण्डौं  पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.     नामथरः- दिपक आले मगर                                            ३. नामथरः- जिवन तामाङउमेरः- २७ बर्ष                                                                                उमेरः-२८ बर्षठेगानाः- जिल्ला काभ्रेपलान्चोक रोशी गा.पा. वडा नं. १०                         ठेगानाः- जिल्ला नुवाकोट ककनी गा.पा. वडा नं. ७,हाल:- जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. ५ बस्ने ।                       हालः- जिल्ला काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. ५ बस्ने ।पक्राउ स्थानः- जिल्ला भक्तपुर शीर्जनानगर                                             पक्राउ स्थानः- का.जि. बाइपास ।                                                           पक्राउ मितिः- २०८२।१०।१८ गते ।                                                      पक्राउ मितिः-२०८२।१०।१८ गते ।२.     नामथरः- बिक्रम तामाङ                                                            ४. नामथरः- कर्ण बहादुर सुनारउमेरः- ३२ बर्ष                                                                                  बर्षः- ३८ बर्षठेगानाः- जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं. ३ पार्चा ।                            ठेगानाः- जिल्ला नवलपरासी कावासोती न.पा. वडा नं. १३ हाल:- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं. ५ लोलाङ बस्ने ।              हालः- का.जि.का.म.न.पा. वडा नं. ९ एयरपोर्ट बस्ने ।पक्राउ स्थानः- का.जि. बाइपास  ।                                                         पक्राउ स्थानः- का.जि. का.म.न.पा. टेकु । पक्राउ मितिः- २०८२।१०।१८ गते ।                                                       पक्राउ मितिः- २०८२।१०।२० गते ।

“कस्तुरी मृगको बिना (आखेटोपहार) सहित मानिसहरु पक्राउ”
२०८२-१०-२७

जिल्ला काठमाण्डौ शेषमती एरियामा केही व्यक्तिहरूले बन्यजन्तु कस्तुरीको विनाको ओसारपसार तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचना यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त कार्यमा संलग्न व्यक्तिहरु सम्बन्धमा अनुसन्धान, पहिचान एवं खोजतलास गर्दै जाँदा यस कार्यालयबाट खटी गएका प्रहरी टोलीले मिति २०८२।१०।२७ गते जिल्ला काठमाण्डौं तारकेश्वर न.पा. वडा नं. ११ नेपालटार शेषमती स्थितको सडकबाटोमा हिडिरहेको अवस्थामा  सरोज परियार र जितेन्द्र बहादुर चन्दलाई पक्राउ गरी निजहरुको शरीर खानतलासी गर्दा सरोज परियारको साथबाट ३० (तिस) ग्राम तौल भएको कस्तुरी मृगको बिना जस्तो देखिने बास्नादार बस्तु (आखेटोपहार) थान-१ फेला पारी राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण ऐन,२०२९ बमोजिमको कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाण्डौं पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:-१)     नाम : सरोज परियार उमेर : ३९ वर्ष                                                                                ठेगाना : जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ११ शेषमती बस्ने । २)     नाम:- जितेन्द्र बहादुर चन्दउमेर:- ३२ बर्ष ठेगाना :- जिल्ला बैतडी पाटन न.पा.वडा नं.१ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ११ शेषमती बस्ने ।