प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“अवैध बाटो प्रयोग गरी अमेरिका तथा क्यानडा पुर्‍याउने सपना देखाई विभिन्न व्यक्तिहरुबाट ५ करोड ५० लाख रकम ठगि गर्ने गिरोह पक्राउ”

२०८१-०१-२८

  • A
  • A-
  • A+
Share

वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडा लगायतका देशहरुमा पठाइदिन्छौं भनि विभिन्न तवरले  विश्वास दिलाई राहदानी, फोटो, Police Report, बैंक स्टेटमेन्ट, Covid QR Code, Yellow Fever Card समेतका कागजातहरु लिई आफ्नो तथा अन्य व्यक्तिको बैंक खातामा पटक पटक गरी नगद जम्मा गर्न लगाई तथा नगदै रकम समेत लिई दुबई हुँदै केन्यासम्म जाने हवाई टिकट दिई केन्यामा पुर्‍याई साथमा रहेको डलर समेत अन्य अफ्रिकी मुलका एजेन्टबाट लिन लगाई अलपत्र पारी खान बस्न समेत नदिई  झुक्यानमा पारी  मोटो रकम लिई मानव तस्करी तथा ठगी गरेकोमा पीडितहरु सिन्धुपाल्चोक घर भएका अरूण तामाङ समेत १० जनाबाट यस कार्यालयमा ठगी सम्बन्धी कसूर समेतमा जाहेरी दरखास्त प्राप्त हुन आएकोमा । यस कार्यालयबाट खटिएको प्रहरी टोलीले टासी शेर्पा समेत ३ जनालाई पक्राउ गरी मानव तस्करी गरी ठगी गरेका अपराधमा आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु काठमाण्डौं पठाइएको ।

अनुसन्धानको क्रममा खुल्न आएका कुराहरु:-

v  ङिमवुटी शेर्पाले आफ्नो श्रीमान् दावा शेर्पा तथा टासी शेर्पाले आफ्नो छोरोलाई अवैध बाटो प्रयोग गरी अमेरिका पठाएको उदाहरण गाउँका अन्य सोझा सीधा मानिसहरुलाई दिई सोहि बाटो र प्रकृया अपनाई अमेरिका क्यानडा लगायतका देशमा पठाउने, Food Packing को सजिलो काम, मासिक ४ लाख माथि कमाई हुन्छ भन्ने समेतका प्रलोभन देखाई Counselling गर्ने गरेको ।

v  ङिमवुटी शेर्पाले एउटै घरमा रेष्टुरेन्ट, ब्युटी  पार्लर तथा चिया पसल समेत सञ्चालन गरी सोही स्थानमा पीडितहरुलाई त्यहीं बोलाई कुराकानी तथा कारोबार गर्ने गरेको तथा अन्य गिरोहका मानिसहरुलाई समेत सोही स्थानमा भेटी कुराकानी तथा रकमको कारोबार गर्ने गरेको ।

v  भिषा निकाल्न तथा Documents Apply गर्न भनि सुरुमा रु. ५,००,०००।रुपैयाँ लिने गरेको, २/३ दिन पछि भिषा आइसक्यो टिकट काट्न भनि ५-७ लाख, डलर साट्न ५ लाख रुपैंयाँ (३५०० डलर) लाग्छ भन्दै प्रति व्यक्ति ५० लाखसम्म रकम उठाएको खुल्न आएको ।

v  काठमाडौंबाट दुबई ट्रान्जिट बनाई केन्याको राजधानी नैरोबी स्थित JOMO Kenyatta International Airport  पुगेपछि निजहरुले सम्पर्क गराएका अफ्रिकी मुलका एजेन्टले Receive गरी ट्याक्सीमा राखी केन्याको जिम्मारमान (Zimmerman ) स्थित भाडामा लिइराखेको घरको २ वटा फ्ल्याटमा लगि ६ महिना राखेको ।

v  उक्त घरमा पुग्ने बित्तीकै पीडितहरुबाट  २००/३०० डलर मात्र बाँकी राखी सबै डलर र पासपोर्ट एजेन्टहरुले नै लिएर गएका ।

v  काम हुँदैछ पख्नुहोस् भनि ६ महिनासम्म  कोठामा बन्धक बनाई राखेपछि यहाँ बसिरहयो भने प्रहरीले दुःख दिन्छ भनि त्यहाँबाट गाडिमा राखी  अन्दाजी १ घण्टाको दुरीमा रहेको नैरोवी स्थित Kinoo भन्ने स्थानमा अर्को घरको फ्ल्याटमा लगि २/३ महिना राखेपछि प्रहरीले समात्छ भनि पासपोर्ट फिर्ता गरिदिएको ।

v  पीडितहरुले Passport प्राप्त गरेपछि त्यहाँ बस्दा लागेको खर्च पीडितहरुले आफ्नो घर तथा साथीहरुबाट मगाई तिरी हवाई टिकट समेत आफैंले काटी नेपाल फर्किएको ।

v   अमेरिका पुर्‍याउन केन्याबाट क्यानडा, ब्राजिल, कोलम्बिया, मेक्सिको मध्ये कुनै रुट प्रयोग गरी पठाउने गरेको खुल्न आएको ।

v   यस गिरोहले करिब १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाई राखिरहेको र  निजहरुबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको ।

v  हाल यस कार्यालयको सम्पर्कमा आएका १० जना पीडितहरुबाट  ५करोड ५० लाख रकम लिएको खुल्न आएको । 

पक्राउ  परेका व्यक्तिहरु:-

१.  नाम :- टासी शेर्पा

उमेर :- ४७ बर्ष

स्थायी वतन :-  जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा. वडा नं. ०२

हाल :-  जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं. ११ कपन ।

 

२.   नाम :- ङिमबुटी शेर्पा

उमेर :- ४२ बर्ष 

स्थायी वतन :- जिल्ला सिन्धुपाल्चोक साविक कर्थली गा.वि.स. ०१

हाल :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।  

 

३.   नाम :- निमा शेर्पा

उमेर :- १९ बर्ष

स्थायी वतन :- जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा. वडा नं. ०१ ।

हाल :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।   

सम्बन्धित समाचार
“ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरु पक्राउ”
२०८२-०५-२२

घटना विवरण :- मिति २०८२।०४।१२ गते जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा नं.५ बाहुनधारा स्थित सडक खण्डमा सामुहिक रुपमा पीडितलाई धारीलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाई वारदात पश्चात फरार रहेका ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका निम्न प्रतिवादीहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी अनुसन्धान टोलीले मिति २०८२।०५।१९ गते जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं.१०, गड्डाचौकी स्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त बौद्ध, काठमाण्डौं पठाईएको ।       पक्राउ व्यक्तिहरुको विवरण:-१) नाम:-  लोप्साङ बम्जन  उमेर : २८ बर्ष  ठेगाना : जिल्ला सिन्धुपालचोक पाँचपोखरी थाङपाल गा.पा.   वडा नं. ०१ बाँसखर्क स्थायी घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा               नं. ०५ जोरपाटी ।२) नाम:- सुमन तामाङ    उमेर:- २६ बर्ष  ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।३) नाम:- कुमार तामाङ    उमेर:- ३० बर्ष  ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।

" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०५-२०

श्री सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.०१ स्थायी वतन भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बस्ने बर्ष ३८ कि रञ्जिता थापा(सिटौला)लाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०५।२० गते जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:- नामथर : रञ्जिता थापा (सिटौला) उमेर     : ३८ वर्ष ठेगाना  : जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.०१ हाल : जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ०२ बिगो: रु १५,००,०००।–(पन्ध्र लाख)अनुसन्धानबाट थप खुल्न आएको विवरण:Ø प्रहरी वृत्त लैनचौरबाट बिगो रु २७,००,०००।–(सत्ताईस लाख) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।Ø जिल्ला प्रहरी कार्यालय दोलखाबाट बिगो रु ३७,४९,०००।–(सड्तिस लाख उनन्चास हजार) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।  

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-२०

घटना विवरण : बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१. नाम थर      :- विशाल बुढा मगर उमेर           :- ३४ वर्षस्थायी वतन :- जिल्ला प्युठान नौबहिनी गा.पा.वडा नं.०१ ।हाल            :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१४ ।     देश             :- क्यानडाविगो रकम    :- रु.१५,३०,०००।–(पन्ध्र लाख तिस हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला चन्द्रागिरी न.पा. वडा नं.१४ । पीडित संख्या :- २ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।२. नाम थर      :- निकेश ढुङ्गाना    उमेर           :- ३० वर्षस्थायी वतन :- जिल्ला झापा बुद्धशान्ति गा.पा. वडा नं.०२ । हाल           :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०९ ।देश             :- यु.के.विगो रकम    :- रु.४१,००,०००।–(एकचालिस लाख)पक्राउ मिति   :- २०८२/०५/२० गते ।पक्राउ स्थान  :- जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.१५ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।३. नाम थर      :- योगेन्द्र सिंह दनुवार   उमेर           :- ४४ वर्षस्थायी वतन :- जिल्ला मोहोत्तरी गौशाला न.पा.वडा नं.०९ ।हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०३ । देश             :- अल्बानियाविगो रकम    :- रु.९,३४,०००।–(नौ लाख चौतिस हजार)पक्राउ मिति   :- २०८२/०५/२० गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.१२ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-१९

घटना विवरण : बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।१. नाम थर      :- तुफायल मिया जोलाहाउमेर           :- ३७ वर्षस्थायी वतन :- जिल्ला पर्सा विन्दबासिनि गा.पा.वडा नं.०५ ।हाल            :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ ।     देश             :- माल्दिभ्स विगो रकम    :- रु.२,३०,०००।–(दुई लाख तीस हजार)पक्राउ मिति   :- २०८२/०५/१८ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं  ।२. नाम थर      :- सहनसिल महर्जन    उमेर           :- ५३ वर्ष स्थायी वतन :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा नं.०५ । देश             :- पोल्याण्ड विगो रकम    :- रु.६,२५,०००।–(छ लाख पच्चिस हजार) पक्राउ मिति   :- २०८२/०५/१९ गते । पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा नं.०५ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं । ३. नाम थर      :- बिक्रम साह   उमेर           :- २० वर्षस्थायी वतन :- जिल्ला रौतहट परोहा न.पा.वडा नं.०१ ।हाल           :- जिल्ला ललितपुर ललिपुर म.न.पा. । देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,१०,०००।–(दुई लाख दश हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.३२ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।४. नाम थर      :- हरिकला खाँण ठकुरी (थापा)   उमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला बाँके कोहलपुर न.पा.वडा नं.१२ ।देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,२३,०००।–(दुई लाख तेइस हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.१२ ।पीडित संख्या :- १ जनापठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।  

फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९

वादी प्रकाश बस्नेत प्रतिवादी राम प्रसाद भट्टराई भएको चेक अनादर मुद्दामा (मुद्दा नं.०८०-C१-२७८८) सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौबाट मिति २०८२।०५।१३ गते प्रतिवादीलाई विगो वापत कैद गर्ने भनी भएको आदेशानुसार फरार रहेको निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी मिति २०८२।०५।१९ गते काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौमा बुझाईएको ।  पक्राउ प्रतिवादीको विवरण:-   नामथर: राम प्रसाद भट्टराई,   उमेर:  ४७ बर्ष,   ठेगाना:  जिल्ला तेहृथुम मेन्छयायेम गा.पा. वडा न.५ मोराहाङ घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल बस्ने,   मुद्दा: चेक अनादर मुद्दा,   पक्राउ मिति: २०८२।०५।१९ गते ।   पक्राउ स्थान: जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल   विगो रकम: रू १०,००,०००।– (अक्षरेपि दश लाख रुपैंया)   तोकिएको सजाय : विगो वापत २ (दुइ) बर्ष कैद ।    अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु: Ø प्रहरी वृत्त बालाजुमा मु.द.नं.७६८ मिति २०८२।०२।०१ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार । Ø प्रहरी वृत्त महाराजगंजमा मु.द.नं.२४४ मिति २०७९।०५।१६ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।    

“बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९

घटना विवरण :-अनिल श्रेष्ठको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी Sakusal suppliers pvt ltd. का संचालक माधव पण्डित भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला नुवाकोट पञ्चकन्या गा.पा. वडा नं.३ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.८ बानियाटार बस्ने वर्ष ४४ को माधव पण्डितलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।१८ गते का.जि.का.म.न.पा.वडा नं. १६ बालाजु चोकबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको । पक्राउ व्यक्तिको विवरण:-१)     नाम :- माधव पण्डित   उमेर :- ४४ वर्ष ठेगाना : जिल्ला नुवाकोट पञ्चकन्या गा.पा. वडा नं.३ घर भई             हाल का.जि.का.म.न.पा. वडा नं.८ बानियाँटार ।  बिगो रकम:- जम्मा रू. ८०,००,०००।-(असी लाख मात्र)