“अवैध रुपमा ल्याईएको सुन सहित मानिस पक्राउ”
२०८१-०१-३०
- A
- A-
- A+
उपरोक्त सम्बन्धमा कतार बाट अवैध रुपमा सुन
ल्याई रहेको छ, भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालय बाट खटिई गएको प्रहरी
टोलीले मिति २०८०/०१/२७ गते जिल्ला सुनसरी धरान उप.म.न.पा. वडा नं. ५ बस्ने विजय
कुमार लिम्बुलाई ५० ग्राम सुन जस्तो देखीने पहेलो धातुको तयारी गहना सहित पक्राउ
गरी थप अनुसन्धानको क्रममा जिल्ला
सुनसरी रामधुनी न.पा. वडा नं. ७ घर भई हाल का.जि. कुमारीगल नयाँबस्ती बस्ने जीवन बस्नेतको संलग्नता रहेको भन्ने खुल्न आएकोमा
निजलाई मिति २०८१/०१/२८ गते का.जि.का.म.न.पा.गौशलाबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागी त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल भन्सार गौचरण काठमाडौँ पठाईएको ।
पक्राउ प्रतिवादी :-
१. नाम थर :- जीवन वस्नेत
उमेर :- ३२ वर्ष
ठेगाना :- जिल्ला सुनसरी रामधुनी
न.पा. वडा नं. ७
हाल :- का.जि. कुमारीगा ल नयाँ बस्ती बस्ने
बरामद
गरिएको सामानहरुको विवरण :-
१. सुन जस्तो देखीने पहेलो
धातु ५० ग्राम (सुन जस्तो देखीने पहेलो
धातुको ब्रासलेट थान १ र औठी थान २)
२.
आफुले प्रयोग गर्ने ३ थान र विक्री वितरणका लागी राखेको iPhone 12 गरी जम्मा ४ थान मोवाईल सेटहरु
३.
नगद रु १,६०,०००/-
अनुसन्धानको क्रममा खुल्न आएको तथ्यहरु :-
·
कतार बाट ५० ग्राम सुन
ल्याईदिए वापत रु. १६,०००/- रकम दिने गरेको,
·
त्रिभुवन अन्तराष्ट्रिय
विमानस्थलबाट लिई सम्बन्धित व्यक्ती सम्म पु-याईदिए वापत रू.५०००/- दिने गरेको