"अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०१-३१
- A
- A-
- A+
सामाजिक संजाल Facebook मा फेसबुक आईडी FLOWER Shop Nagaya बाट साथी बनाई म्यासेन्जरमा कुराकानी गरी वैदेशिक रोजगारीको लागी
जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम
फ्याकट्रीमा आकर्षक तलब रहेको भनी
बिश्वास दिलाई भिषा प्रोसेसिङको लागी लाग्ने चार्ज भनि रु ४७,६८,७१६।– (
अक्षरुपी सत्चालीस लाख अठ्सठ्ठी हजार सात सय सोह्र मात्र) रकम पठाउन लगाई ठगी
गरेको, उक्त ठगी कार्यमा संलग्न रहेकी सुनिता गुरुङलाई मिति २०८०।०१।३० गते जिल्ला
काठमाण्डौं कुलेश्वर हाईटबाट पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक
कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको ।
पक्राउ परेको व्यक्तिको विवरण:-
नामः- सुनिता गुरुङ
उमेरः- २८ वर्ष
ठेगानाः- जिल्ला गोरखा गण्डकी गा.पा वडा नं. ८ घर भई हाल
का.जि कुलेश्वर हाईट ।