"अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०२-०१
- A
- A-
- A+
सामाजिक संजाल Facebook मा फेसबुक ID: NISH TOURS LTD. Home बाट साथी बनाई निवेदकसँग Online मा कुराकानी गरी वैदेशिक रोजगारीको लागी बेलायत मा Working Visa प्रकृया मिलाई बेलायत को भिसा पठाईदिन्छु भनी बिश्वास दिलाई प्रलोभनमा पारी निवेदकलाई विभिन्न व्यक्तिहरुको बैंक खाताहरुमा रु ४१,१५,४२०।– (एकचालिस लाख पन्ध्र हजार चार सय बिस) रकम पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको योगेन्द्र बागलाई मिति २०८०।०१।३१ गते जिल्ला काठमाण्डौं किर्तिपुरबाट पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको ।
पक्राउ परेको व्यक्तिको विवरण:-
नामः- योगेन्द्र बाग
उमेरः- २३ वर्ष
ठेगानाः- जिल्ला बझाङ बुंगल न.पा वडा नं. २० घर भई हाल
का.जि किर्तिपुर न.पा वडा नं. ८ बस्ने ।