प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अभियुक्तहरु पक्राउ”

२०८१-०२-०२

  • A
  • A-
  • A+
Share

बेरोजगार महिलाहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई लगी त्यहाँ पुगेपछि प्रलोभनमा पारेर कुवेत पुर्‍याई प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भनी विश्वास दिलाई  कुवेत पुर्‍याएपछि घरेलु काममा लगाउनुको साथै निजलाई शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएकोमा निजको दाजुले यस कार्यालयमा निवेदन दिएकोले यस कार्यालयबाट कुवेत स्थित नेपाली राजदुतावास मार्फत उद्धार गर्न पहल गरिएकोमा पिडितलाई मिति २०८१/०१/२७ गते उद्धार गरी नेपाल फर्काइएकोमा त्यसरी नेपाल सरकारबाट निषेधित गरिएको क्षेत्रमा लगी अलपत्र पारी बन्धक बनाउने व्यक्ति उपर अनुसन्धान गर्दा मानव तस्करी समेतका कार्यमा संलग्न मानिसहरुलाई मिति २०८१/०१/३१ गते जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ बौद्ध पिपलबोटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान व्युरो बवरमहल, काठमाण्डौं पठाइएको ।

पक्राउ व्यक्तिहरु:-

१.     नाम थर  :-  राकेश सुनार भन्ने गोपाल सुनार

उमेर      :-   २४ वर्ष

वतन     :-  जिल्ला दैलेख नारायण न.पा. वडा नं. ०९ घर भई हाल जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. लोलाङ ।

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ बौद्ध पिपलबोट ।

२.     नाम थर : आयुष भन्ने आकाश बाबु वि.क

उमेर:- २५ बर्ष

वतन :- जिल्ला गोरखा पालुङटार न.पा. वडा नं. ०८ घर भई हाल जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०६ ।

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ बौद्ध पिपलबोट ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु :-

·          नेपाल सरकारबाट घरेलु कामदारमा निषेधित गरेको क्षेत्रमा इजाजत बेगर अभियुक्तले आफ्नो नाम ढाटी ठुलो संख्यामा महिला पठाउने गरेको ।

·          महिलालाई संयुक्त ईमिरेट दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने  भनी लगेर कुवेत पुर्‍याई घरेलु कामदारको रुपमा काम लगाएको र शारीरिक तथा मानसिक यातना दिएको ।

·          पिडितले घरमा काम गर्न नसकेपछि स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको र रु. १ लाख ५० हजार मागेको र बढी गरे त्यही मारी दिने धम्की दिएकोमा पिडितले आफन्तलाई खबर गरेको खुल्न आएको ।

·          पिडितको दाजुले मिति २०८१-०१-२१ गते यस कार्यालयमा आई उद्धारको लागी निवेदन दिएकोमा यस कार्यालयको पहलमा कुवेत स्थित राजदुतावाससँग समन्वय गरी मिति २०८१-०१-२७ गते  नेपाल ल्याई निवेदकलाई जिम्मा दिएको र संलग्नको खोजतलास सुरु गरी २ जनालाई पक्राउ गरिएको अन्य संलग्नको को छन् भन्ने सम्बन्धमा अनुसन्धान जारी रहेको ।

·          निजहरुले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली एजेन्ट राखेर भिजिट भिसामा दुबई पुर्‍याउने र त्यहाँ गएपछि भिजिट भिसा आफुहरुले डिमाण्ड बनाई बिभिन्न प्रलोभनमा पारेर कुवेत पुर्‍याउने गरेको ।

·          राकेश नेपालीले गोपाल सुनार र राकेश सुनारको नाममा जन्म मिति फरक राखी ठेगाना फरक बनाई २ वटा नागरिकता लिएको भेटिएको ।

निजहरुले दुबईमा सम्पर्क कार्यालय खोलेर महिलालाई प्रलोभनमा पारेर दुबई लैजाने भनी कुवेत पुर्‍याउने र त्यहाँ एजेन्ट राखेर ठुलो रकम लिई सप्लाई गर्ने गरेको खुल्न आएको ।

सम्बन्धित समाचार
"वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०२-१६

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण ः     नाम थर      :- अशोक कुमार साहुउमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा. वडा नं.०५ ।हाल          :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । देश            :-  कुवेतबिगो रकम   :- रु. ४,००,०००।-(चार लाख)पक्राउ मिति  :- २०८२/०२/१६ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या:- १ जना

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।१. नाम थर   :- टोपेन्द्र राना मगरउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । देश            :-  जापानबिगो रकम   :- रु.४२,३०,०००।-(बयालीस लाख तिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । पीडित संख्या:- २ जना२. नाम थर      :- ङिमा शेर्पाउमेर           :- ३९ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा नं.०५ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ । देश            :-  पोल्याण्डबिगो रकम   :- रु.४,२०,०००।-(चार लाख बिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.४ । पीडित संख्या:- २ जना३. नाम थर :- शिवराम घिमिरेउमेर          :- ४० वर्षस्थायी वतन:- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०५ । देश            :- न्युजिल्याण्डबिगो रकम   :- रु.९,५०,०००।-(नौ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१ । पीडित संख्या:- १ जना

" ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

आफु CID मा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार सापकोटा र अव्जन चदाराले वैदेशिक रोजगारको लागि दुबई जान भनि रु ३०,००,०००।–( तीस लाख ) रकम ठगीमा परेका व्यक्तिहरुको पैसा उठाई दिन्छु भनि पीडितसंग पटक पटक गरी जम्मा रु ४,५०,०००।–( चार लाख पचास हजार ) नगद तथा ग्लोबल आइ.एम.ई. बैंकको रु २,५०,०००।–(दुइ लाख पचास हजार)को  चेक काट्न लगाई ठगी गरेको भन्ने व्यहोराको उजुरी यस कार्यालयमा प्राप्‍त हुन आएको हुँदा उक्त कार्यमा संलग्न राज कुमार सापकोटा र ओव्जन चदारालाई मिति २०८२।०२।१३ गते जिल्ला काठमाण्डौ कीर्तिपुर नगरपालिका वडा नं. १० ट्याङ्लाफाँटबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१.   नामथर : राम कुमार सापकोटा  उमेर    : ३४ वर्ष  ठेगाना : जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ७    हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२.  नामथर : ओव्जन चदारा   उमेर    : २८ वर्ष   ठेगाना : जिल्ला बाजुरा बुढिनन्दा नगरपालिका वडा नं.३   हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ३ 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :-एलिया तामाङउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला कञ्चनपुर पुनरबास न.पा. वडा नं.०२ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । देश            :-  यु.केबिगो रकम   :- रु. ६,००,०००।-(छ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०१ । पीडित संख्या:- १ जना२. नाम थर     :- कृष्ण कुमार घिमिरेउमेर           :- ४० वर्षस्थायी वतन :- जिल्ला दोलखा बैतेश्वर गा.पा. वडा नं.०६ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । देश            :-क्रोएसिया बिगो रकम   :-  रु.२,००,०००।-(दुइ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या:- १ जना  

“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-१३

वादी नेपाल सरकार प्रतिवादी बाबुराम खत्री भएको  बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०२।०६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी बृत्त गौशला,काठमाडौँ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: बाबुराम खत्री    उमेर:  ३५ बर्ष    ठेगाना: जि. दोलखा भिमेश्वर न.पा. वडा नं. ३ घर भई का.जि. बुढानिलकण्ठ न.पा. १० कपन बस्ने    पक्राउ मिति: २०८२।०२।१३ गते    पक्राउ स्थान: का.जि.का.म.पा. वडा नं. ७ सिफल     अनुसन्धानको क्रममा खुल्न आएका तथ्य: Ø प्रहरी बृत्त बौद्ध काठमाडौँमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा समेत फरार ।