“वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०२-०२
- A
- A-
- A+
बेरोजगार युवायुवतिलाई वैदेशिक
रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिए पश्चात देश
नपठाई निजहरु सम्पर्क विहिन भएकोमा पीडितहरुले जाहेरी दरखास्त दिई अनुसन्धान हुँदा
विदेश पठाउने भनी ठगी गरेका निम्न
व्यक्तिहरुलाई काठमाण्डौंको विभिन्न स्थानहरुबाट मिति २०८१।०२।०२ गते पक्राउ
गरी थप अनुसन्धान तथा कारबाहीको लागि
वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।
पक्राउ व्यक्तिहरु:-
१.
नाम
थर :- कमल श्रेष्ठ
उमेर :- ४७ वर्ष
वतन
:-
जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ०५ न्युरोड ।
देश :- यु.के.
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं. ३१ नयाँबानेश्चर ।
पीडित संख्या :- २ जना
छोटकरी विवरण :- यु.के. पठाई दिन्छु
भनी ठगी गरेको ।
२.
नाम
थर :-
दुर्गा राउत
उमेर :-
२८ वर्ष
वतन :-
जिल्ला ओखलढुंगा चम्पादेवी गा.पा. वडा नं. ०८ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ०७ माहाकाल
।
देश :- क्रोएसिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं. ०६ बौद्ध ।
पीडित संख्या :- ६ जना
छोटकरी विवरण :- क्रोएसियामा आकर्षक
तलबको प्रलोभन देखाई ठगी गरेको ।
३.
नाम
थर :-
जित बहादुर क्षेत्री
उमेर :-
४० वर्ष
वतन :- जिल्ला बाग्लुङ,
बाग्लुङ न.पा. वडा नं. १३ घर भई जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं. १० ।
देश :- ईटाली
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्चर ।
पीडित संख्या :- ३ जना
छोटकरी विवरण :- ईटाली पठाइदिन्छु भनी आकर्षक तलबको
प्रलोभन देखाई ठगी गरेको ।